• २०८१ बैशाख ८ शनिबार

भारतमा अब १८ वर्षमुनिकी श्रीमतीसँग शारीरिक सम्बन्ध राखे बलात्कार

kharibot

भारतीय सर्वोच्च अदालत (फाइल तस्बिर)

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले नाबालिग पत्नीसँगको शारीरिक सम्बन्धलाई अपराध ठहर गर्दै सम्बन्ध राखे बलात्कार ठहरिने आदेश गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अदालतले १८ वर्षमुनिको पत्नीसँगको शारीरिक सम्बन्धलाई अपराध मानिने ठहर गरेको हो ।

सर्वोच्चका अनुसार नाबालिग श्रीमतीले १ वर्षभित्र मुद्दा दर्ता गर्न पाउनेछिन् । यद्यपि बलात्कारसम्बन्धी आईपीसीको धारा ३७५ मा एउटा अपवाद पनि छ जुनअनुसार म्यारिट रेपलाई अपराध मानिँदैन ।

यसको मतलब यदि पत्नीको स्वीकृतिविना पतिले शारीरिक सम्बन्ध बनाउँछ भने त्यो अपराध हुँदैन भन्ने कुरा उक्त बुँदामा उल्लेख छ ।

भारतमा विवाहको लागि महिलाको १८ र पुरुषको २१ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । योभन्दा कम उमेरमा विवाह भए त्यसलाई अवैधानिक मानिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै