• २०८१ बैशाख ७ शुक्रबार

७५ वर्षका भए अमिताभ बच्चन

kharibot

भारत / भारतीय फिल्मजगत्का सुपरस्टार अमिताभ बच्चन ७५ वर्षका भएका छन् । बुधबार उनी ७५ वर्ष पुगेको भारतीय मिडियाहरुले जनाएका छन् । यद्यपि उनले जन्मदिन भने यसपालि नमनाउने दुई दिनअघि नै बताएका थिए ।

सन् १९७० को दशकको सुरुतिर बच्चनले जञ्जीर, दिवारजस्ता फिल्मबाट प्रसिद्धि पाउन सुरु गरेका थिए । उनलाई बलिउडकै बादशाह, बिगबीजस्ता उपनामले समेत चिनिन्छ । करिअरको पाँच दशकमा अमिताभ बच्चनले दुई सयको हाराहारीमा भारतीय फिल्मजगत्मा काम गरिसकेका छन् । सन् १९७० र १९८०को दशकमा उल्लेख्य लोकप्रियता हासिल गरेका बच्चनलाई वान म्यान अफ इन्डस्ट्री (बलिउड)का रुपमा समेत चिनिन्थ्यो । उनले नेशनल फिल्म अवार्ड, बेष्ट एक्टोरजस्ता थुप्रै अवार्डबाहेक पद्मश्री, पद्मभूषण, पद्मविभूषणजस्ता गौरवशाली भारतीय अवार्डहरु पाइसकेका छन् । उनको चर्चित टीभी शो 'कौन बनेगा करोडपति' अहिले पनि सोनी टीभीले प्रसारण गरिरहेको छ ।

बच्चनले सन् २०१३ मा समेत एफस्कट फिट्जेराल्डको उपन्यास 'द ग्रेट ग्याट्सबी'मा आधारित फिल्ममा समेत काम गरेर हलिउडमा समेत डेबुट गरेका थिए । बच्चन उत्तरप्रदेशको अलाहवादमा जन्मिएका थिए ।

  • यो पनि पढ्नुहोस् -

महानायक अमिताभ बच्चन बारे रमाइला रोचक तथ्य

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै