रसिया विश्वकप गुमाएका स्टार फुटबलर 

खरीबोट
ad

काठमाडौँ । सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको छनौट चरणका खेलहरु सकिएर अब प्ले अफका खेल हुन् बाँकी छन् ।

रोनाल्डो र मेसी विनाको विश्वकप हुन्छ की भन्ने अड्कल बाजी र आशंका पनि गएराती तोडिएको छ । पोर्चुगल र अर्जेन्टिना दुवै विश्वकपका लागि छनौट भएर रसिया विश्वकपमा रोनाल्डो र मेसीले उपस्थिति जनाउने पक्का गरेका छन् । तर यसैबीच विश्व फुटबलका राम्रा र उत्कृष्ट केहि खेलाडीहरुले भने रसियामा हुने विश्वकप गुमाएका छन् । 

रियल म्याड्रिडबाट खेल्ने वेल्सका स्टार फुटबलर ग्यारेथ बेल पनि रसियामा हुने विश्वकप गुमाउने चर्चित खेलाडी मध्ये एक हुन् । बेलको देश वेल्स विश्वकपमा छनौट हुन् असफल भयो । वेल्स छनौट खेलको अन्तिम खेलमा आयरल्याण्डसँग पराजित भएपछि विश्वकपमा छनौट हुन् असफल भएको थियो । बेल भने घाइते भएका कारण सो खेलमा अनुपस्थित थिए ।

रसिया विश्वकप गुमाउने अर्का चर्चित खेलाडी हुन् एलेक्सिस सान्चेज । आर्सनलबाट व्यावसायिक फुटबल खेल्ने सान्चेजको देश चिली पनि विश्वकपमा छनौट हुन् असफल भएको छ ।

बुधबार बिहान भएको खेलमा ब्राजिलसँग ३-० ले पराजित भएपछि चिलीको विश्वकपमा छनौट हुने अवसर गुमेको हो । यस अघि ९ पटक विश्वकप खेलेको चिली यस पटक छनौट हुन् असफल भएको छ । चिली २०१५ र २०१६ को दक्षिण अमेरिकी च्याम्पियन पनि हो ।

बायर्न मुनिखबाट व्यावसायिक फुटबल खेल्ने आर्जेन रोबिन पनि रसिया विश्वकपमा नदेखिने भएका छन् । सन् २०१० विश्वकपको फाइनल र २०१४ को सेमिफाइनलमा पुगेको नेदरल्याण्डले विश्वकपमा छनौट हुन् असफल भएपछि रोबेनलाई रसिया विश्वकपमा देख्न नपाइने भएको हो । अन्तिम खेलमा स्विडेनलाई २-० ले पराजित गरेपनि विश्वकपमा ठाउ बनाउन नेदरल्याण्ड असफल भएको थियो ।

त्यस्तै बोस्निया हर्ज्गोबिनाका इडेन डेज्को, लेस्टर सिटीका रियाद महरेज, चिलीका अर्टुरो भिडाललाई पनि रसियामा हुने विश्वकपमा देख्न नपाइने भएको छ ।    
 

सम्बन्धित समाचार

विश्वकप प्रिभ्यु : फ्रान्सलाई रोक्नै पर्ने पेरुको चुनौती 

काठमाडौँ । विश्वकपको समुह सी अन्तर्गत आज फ्रान्स र पेरुबीच खेल हुदै छ । नेपाली समय अनुसार साँझ ८:४५ मा हुने यस खेलमा दुवै टिमका लागि महत्वपूर्ण हुने देखिन्छ । फ्रान्सले

विश्वकप प्रिभ्यु : डेनमार्कविरुद्ध जितको खोजीमा अस्ट्रेलिया  

काठमाडौँ । विश्वकपको समुह सी अन्तर्गत आज डेनमार्क र अस्ट्रेलिया खेल्दै छन् । नेपाली समय अनुसार ५:४५ बजे हुने यो खेल दोस्रो चरणमा पुग्नका लागि दुवै टिमलाई महत्वपूर्ण देखिएको छ

विश्वकप समुह चरणको पहिलो खेलमा यी ५ स्टार खेलाडीले बनाए निराश 

काठमाडौं । विश्वकप फुटबलमा समुह चरणका तीन खेल मध्ये पहिलो खेल सकिएर दोस्रो खेल सुरु भएका छन् । ३२ देश सग्भागी भएका यस फुटबलको महाकुम्भमा पहिलो खेलमा केहि नाम चलेका स्टार

जित्नै पर्ने दबाबमा अर्जेन्टिना, क्रोसियाबिरुद्ध मेसीको परीक्षा 

काठमाडौँ । यस विश्वकपको ग्रुप अफ डेथ भनिएको समुह डी मा रहेका अर्जेन्टिना र क्रोसियाबीच आज खेल हुदै छ । यी दुई टीमबीच नेपाली समय अनुसार ११:४५ बजे खेल हुदै