मेसीको ह्याट्रिकले अर्जेन्टिना विश्वकपमा छनौट 

खरीबोट

काठमाडौँ । अर्जेन्टिना विश्वकप फुटबलका लागि सिधै छनौट भएको छ ।

दक्षिण अमेरिकी समुह अन्तर्गत भएको विश्वकप छनौट खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३-१ गोल अन्तरले पराजित गर्दै रसिया विश्वकपका लागि सिधै छनौट भएको हो ।

बुधबार बिहान इक्वेडरको घरेलु मैदानमा भएको खेलमा लियोनेल मेसीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकपमा छनौट गराएका थिए । खेलको पहिलो मिनेटमा नै गोल खाएर दबाबमा रहेको अर्जेन्टिनालाई खेलको १२औ, २०औ र ६२औ मिनेटमा गोल गर्दै मेसीले विजयी बनाएका थिए । 

अर्जेन्टिना दक्षिण अमेरिकी समुहमा २८ अंक सहित तेस्रो हुदै विश्वकपमा छनौट भएको हो । ब्राजिल यसअघि नै छनौट भैसकेको थियो भने उरुग्वे समुहमा दोस्रो हुदै विश्वकपमा छनौट भएको छ । त्यस्तै कोलम्बियाले समुहमा चौथो हुदै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

यस समुहबाट पेरु इन्टरकन्टिनेन्टल टिमसँग हुने प्ले अफका लागि छनौट भएको छ । पेरुको विश्वकपमा छनौट हुने सम्भावना जिवितै रहेको छ ।

त्यस्तै दक्षिण अमेरिकाको बलियो टिम चिली विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा चिली ब्राजिलसँग ३-० ले पराजित भएपछि समुहमा छैठौ स्थानमा पुग्दै विश्वकपबाट बाहिरिएको हो । 

दक्षिण अमेरिकी समुहबाट शिर्ष चार टिम सिधै छनौट हुने छन् भने पाचौ हुने टिम इन्टरकन्टिनेन्टल टिमसँग छनौट खेल खेल्नु पर्ने व्यवस्था रहेको छ । 
 

सम्बन्धित समाचार

युरोपको विश्वकप छनौटको प्ले अफको ड्र सार्वजनिक, कुन कुन देश परे ?

काठमाडौँ । युरोपियन समुहको विश्वकप छनौटको प्ले अफको ड्र सार्वजनिक भएको छ ।  फिफाले आज सार्वजनिक गरेको प्ले अफको ड्र अनुसार उत्तरी आयरल्याण्ड र स्विटजरल्याण्ड खेल्ने छन् । त्यस्तै अर्को खेलमा

मेसीले यसरी मनाए विश्वकप छनौटको खुशियाली (तस्बिरमा)

काठमाडौँ । अन्तिम खेलमा मेसीले ह्याट्रिक गरेर विश्वकपमा छनौट भएको अर्जेन्टिनाका खेलाडीले कपडा खोलेर जित र विश्वकप छनौटको खुशियाली मनाएका छन् । मेसीले आफ्नो खेल जीवनकै उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक खेलमा

रसिया विश्वकप गुमाएका स्टार फुटबलर 

काठमाडौँ । सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको छनौट चरणका खेलहरु सकिएर अब प्ले अफका खेल हुन् बाँकी छन् । रोनाल्डो र मेसी विनाको विश्वकप हुन्छ की भन्ने अड्कल बाजी

इतिहास बनाउदै पानामा विश्वकपमा छनौट, अमेरिका छनौट हुन् असफल 

काठमाडौँ । उत्तर तथा मध्य अमेरिकी समुहबाट पानामा आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । बुधबार बिहान भएको खेलमा कोस्टारिकालाई २–१ ले हराउँदै पानामाले रुस यात्रा