• २०८१ बैशाख ७ शुक्रबार

मेसीको ह्याट्रिकले अर्जेन्टिना विश्वकपमा छनौट 

kharibot

काठमाडौँ । अर्जेन्टिना विश्वकप फुटबलका लागि सिधै छनौट भएको छ ।

दक्षिण अमेरिकी समुह अन्तर्गत भएको विश्वकप छनौट खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३-१ गोल अन्तरले पराजित गर्दै रसिया विश्वकपका लागि सिधै छनौट भएको हो ।

बुधबार बिहान इक्वेडरको घरेलु मैदानमा भएको खेलमा लियोनेल मेसीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकपमा छनौट गराएका थिए । खेलको पहिलो मिनेटमा नै गोल खाएर दबाबमा रहेको अर्जेन्टिनालाई खेलको १२औ, २०औ र ६२औ मिनेटमा गोल गर्दै मेसीले विजयी बनाएका थिए । 

अर्जेन्टिना दक्षिण अमेरिकी समुहमा २८ अंक सहित तेस्रो हुदै विश्वकपमा छनौट भएको हो । ब्राजिल यसअघि नै छनौट भैसकेको थियो भने उरुग्वे समुहमा दोस्रो हुदै विश्वकपमा छनौट भएको छ । त्यस्तै कोलम्बियाले समुहमा चौथो हुदै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

यस समुहबाट पेरु इन्टरकन्टिनेन्टल टिमसँग हुने प्ले अफका लागि छनौट भएको छ । पेरुको विश्वकपमा छनौट हुने सम्भावना जिवितै रहेको छ ।

त्यस्तै दक्षिण अमेरिकाको बलियो टिम चिली विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा चिली ब्राजिलसँग ३-० ले पराजित भएपछि समुहमा छैठौ स्थानमा पुग्दै विश्वकपबाट बाहिरिएको हो । 

दक्षिण अमेरिकी समुहबाट शिर्ष चार टिम सिधै छनौट हुने छन् भने पाचौ हुने टिम इन्टरकन्टिनेन्टल टिमसँग छनौट खेल खेल्नु पर्ने व्यवस्था रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै