टिकट वितरण गर्न काँग्रेस संसदीय समिति गठन

खरीबोट
ad

काठमाडौँ ।  प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न संसदीय समिति गठन गरेको छ । 

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी आज संसदीय समिति गठन गर्नुभएको नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो । यद्यपि, समितिमा रहेका नाम भने सार्वजनिक गरिएको छैन । 

यही असोज २० गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार चयन गर्न पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी संसदीय समिति गठन गर्न पार्टी सभापतिलाई अधिकार दिने निर्णय गरेको थियो । 

केन्द्रीय समिति बैठकले यही आश्विन २७ गतेभित्र प्रदेश सभा र प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका सबै उम्मेदवारहरुको नाम टुंगो लगाइसक्ने निर्णय समेत गरेको थियो । 

पार्टीको विधानको दफा ३१ मा केन्द्रीय समितिले आफूमध्येबाट एक संसदीय समिति गठन गर्न सक्ने प्रावधान छ । विधानतः समितिमा सभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य हुन्छन् भने केन्द्रीय समितिले बढीमा आठ जनासम्म सदस्य चयन गर्न सक्ने प्रावधान छ । 

समितिलाई पार्टीका तर्फबाट संसदको निर्वाचनमा उम्मेदवार चयन गर्ने र केन्द्रीय समितिमा पेश गर्ने अधिकार तोकिएको छ । 

सम्बन्धित समाचार

जिल्ला सभापति भेलामा आफ्नैको आलोचना खेप्दै सभापति देउवा 

काठमाडौं । कांग्रेस जिल्ला सभापतिहरूको जारी राष्ट्रिय भेलामा १३ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाका निकट जिल्ला सभापतिहरु उनीविरुद्ध खनिएका छन् । पौडेल र सिटौलापक्षीय सभापतिहरूले नेतृत्वको तीव्र आलोचना गरिरहेका बेला देउवानिकट

काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै

काठमाडौँ । नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।  स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उनलाई नर्भिक अस्पताल थापाथली पुर्याइएको थियो ।  अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका

पार्टीलाई एकढिक्का बनाउनुपर्ने काँग्रेस जिल्ला सभापतिको सुझाव

हेटौँडा । नेपाली काँग्रेसको जिल्ला सभापतिको जारी राष्ट्रिय भेलामा बुधबार सभापतिहरुले पार्टीलाई एकढिक्का बनाएर अधि बढाउनुपर्ने सुझाव दिएका छन् । मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले पार्टीको विधानलाई संघीयताको मर्मअनुरुप संशोधन गर्नुपर्ने एवं निर्वाचनका क्रममा

काँग्रेसका जिल्ला सभापतिहरुलाई ८ केन्द्रीय सदस्यको पत्र, ‘अहिलेको नेतृत्वबाट अर्को चुनाव पनि जित्न सकिन्न’

काठमाडौं । नेपाली कांग्रेसका ८ जना केन्द्रीय सदस्यहरुले जिल्ला सभापतिहरुलाई पत्र लेख्दै नेतृत्व परिवर्तन गर्न आव्हान गरेका छन् ।  हाल हेटौडामा जारी काँग्रेस जिल्ला सभापतिहरुको भेलाको सन्दर्भमा काँग्रेसका युवा नेताहरु चन्द्र