• २०८१ बैशाख ६ बिहीबार

फ्रान्स विश्वकपमा सिधै छनौट

kharibot

काठमाडौँ । फ्रान्सले रसिया विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गरेको छ । 

गएराती भएको खेलमा बेलारुसलाई २-१ गोल अन्तरले पराजित गर्दै युरोपियन समुहको समुह एकबाट शिर्ष स्थानमा रहदै फ्रान्स विश्वकपक लागि सिधै छनौट भएको हो । 

फ्रान्सको जितमा एन्टोनी ग्रीजम्यान र जिराउडले ग्ल गरेका थिए । खेलको २७औ मिनेटमा ग्रीजम्यानले सुरुवाती गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए भने खेलको ३३औ मिनेटमा जिराउडले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

सन् १९९८ को विश्वकप विजेता टिम फ्रान्स रसिया विश्वकपका लागि छनौट भएको हो । योसँगै विश्वकप छनौटको समुह चरणको खेल सकिएको छ र युरोपबाट सिधै छनौट हुने ९ टिमको टुंगो लागेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै