• २०८१ बैशाख ७ शुक्रबार

एएफसी एसियन कप छनोट : नेपाल ताजिकिस्तानसँग पराजित 

kharibot

फाइल तस्बिर

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल ताजिकिस्तानसँग ३-० ले पराजित भएको छ   ।

अवे खेल अन्तर्गत ताजकिस्तानसँग घरेलु मैदानमा भएको खेलमा नेपाल पराजित भएको हो । नेपालले तिनै गोल पेनाल्टी मार्फत खाएको थियो । नेपाल यो हारसँगै एएफसी एसियन कप छनोट हुन् असफल भएको छ ।  

नेपाल र ताजकिस्तानबीचको खेल दुशान्बेस्थित हिसोर स्टेडियममा भएको थियो । नेपालका डिफेन्डरहरुको गल्तीका कारण ताजकिस्तानले नेपाल विरुद्ध पेनाल्टी पाएको थियो । नेपालका आदित्य चौधरीले गरेको गल्तीमा ताजकिस्तानले दुई पटक पेनाल्टी पाएको थियो ।

यसअघि छनोट अन्तर्गत एन्फा कम्प्लेक्समा गत भदौ २० गते भएको होम खेलमा नेपाल ताजकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको थियो । 

समूह एफमा रहेको नेपालको ४ खेलबाट १ खेलमा बराबरी र तीन खेलमा पराजित हुँदै तालिकामा पुछारमा छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै