निर्माण व्यवसायी गौचनको हत्याराको अझै पहिचान हुन सकेन

खरीबोट

काठमाडौँ । गोली प्रहारबाट सोमबार मृत्यु भएका नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नको अझै पहिचान खुल्न सकेको छैन । 

घटनापछि प्रहरीले एक सयभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपनि अझै हत्याराको पहिचान गर्न नसकेको हो । सोमबार दिउँसो ३ बजेतिर काठमाडौँ, नयाँबानेश्वरको खरिबोट प्रयागमार्गमा एक व्यक्तिले चलाएको गोलीबाट घाइते हुनुभएका गौचनलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । 

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख आयुक्त अतिरिक्त प्रहरी महानिरीक्षक जयबहादुर चन्दले अनुसन्धान जारी रहेको र घटनाको नजिक प्रहरी पुगेको बताए । उनले भने, “शंकास्पद स्थान र व्यक्तिमाथि निगरानी गरीरहेका छौँ, केही दिनमै घटनामा संलग्न पक्राउ पर्छन् ।” 

घटनालगत्तै सोमबार दिउँसो हतियारसहित काभ्रेका छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप तामाङलाई गोँगबु क्षेत्रबाट प्रहरीले अपराह्न पक्राउ गरेको थियो । तर उनीहरुको गौचन हत्यामा संलग्नताबारे निकटता नखुलेको प्रमुख आयुक्त चन्दले जानकारी दिए । उनले अनुसन्धानका क्रममा दर्जनौँ व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडिएको जानकारी दिए । 

प्रहरीले घटनाको सम्बन्धमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ । 

सम्बन्धित समाचार

सरकारद्वारा शरदकुमार गौचन शहीद घोषणा 

काठमाडौं । सरकारले नेपाल निर्माण व्यवसायी महासंघका दिवंगत अध्यक्ष शरदकुमार गौचनलाई शहिद घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गौचनलाई शहिद घोषणा गरेको हो । अज्ञात समूहले गत २३ असोजमा

प्रधानमन्त्री देउवाद्वारा स्व गौचनप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको पार्थिव शरीरमा आज अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।  प्रधानमन्त्री देउवा महासङ्घको कार्यालय अनामनगर पुगी अध्यक्ष गौचनको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर

अध्यक्ष गौचनको शव आज परिवारले बुझ्ने

काठमाडौँ ।  नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको शव आज परिवारले बुझ्ने भएको छ ।  सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन हुनुभएका गौचनको हत्यारालाई चाँडै पत्ता

गौचनको शव बुझ्ने निर्माण व्यवसायीको निर्णय, हत्यारा पत्ता नलगाएसम्म आन्दोलन जारी रहने

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्यारा पत्ता नलगाएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।  महासंघले आज बिजुलीबजारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सोमबार दिउँसो नयाँ बानेश्वरमा अज्ञात समूहको