• २०८१ बैशाख ७ शुक्रबार

संसदबाट स्वास्थ्य बीमा विधेयक पारित

kharibot

काठमाडौँ ।  व्यवस्थापिका–संसद्को आजको तेस्रो बैठकमा ‘स्वास्थ्य बीमा विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । 

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक समाज कल्याण समितिको प्रतिवेदनसहितको सो विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । मन्त्री पोखरेलले हुनेबाट लिएर नहुनेलाई दिने गरी स्वास्थ्य सेवासम्बन्धी अन्य निःशुल्क कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार प्रयत्नशील रहेको बताए । 

सरकारी अस्पतालका सेवामा प्रभावकारिता र स्थानीय तहसम्म गरिब जनतालाई सुलभ र सहजरुपमा आधारभूत स्वास्थ्य सेवाका लागि सो विधेयक सहयोगी हुने सांसदहरुले बताए । विधेयकअनुसार प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्नेछ । 

सांसदहरु केशवप्रसाद बडाल, शक्तिबहादुर बस्नेत, राजेन्द्रकुमार पाण्डे, गगनकुमार थापा, डिल्लीप्रसाद काफ्ले, मीना पुन, चूडामणि बिक जंगली, गुरुप्रसाद बुर्लाकोटी, प्रेम सुवाललगायतले छलफलमा भाग लिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै