• २०८१ बैशाख १३ बिहीबार

एसियन कप छनोट फुटबल : नेपाल भर्सेज ताजकिस्तान लाइभ

kharibot

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले अहिले ताजिकिस्तानसँग खेलिरहेको छ  । अवे खेल अन्तर्गत नेपालले अहिले ताजकिस्तानसँग उसैको घरेलु मैदानमा खेलिरहेको हो ।

नेपाल र ताजकिस्तानबीचको खेल दुशान्बेस्थित हिसोर स्टेडियममा भईरहेको छ । घरेलु मैदानमा भएको होम खेलमा पराजित नेपाल अवे खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रेको छ । 

छनोट अन्तर्गत एन्फा कम्प्लेक्समा गत भदौ २० गते भएको होम खेलमा नेपाल ताजकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको थियो । समूह एफमा रहेको नेपालको ३ खेलबाट १ खेलमा बराबरी र दुई खेलमा पराजित हुँदै तालिकामा पुछारमा छ । तेस्रो स्थानमा रहेको ताजिकिस्तानको ३ खेलबाट १ खेलमा जित र २ खेलमा हारसहित ३ अंक रहेको छ ।

समूहको विजेता र उपविजेताले सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपमा भाग लिन पाउने छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै