• २०८१ बैशाख १२ बुधबार

लगातार घटेको नेप्से झिनो अंकले सुधार

kharibot

काठमाडौं । नेप्सेमा प्रमुुख कार्यकारी नियुक्तिको प्रभाव सामान्य देखिएको छ । गत असार २५ देखि प्रमुुख कार्यकारीविहीन भएको नेप्सेमा सरकारले सोमबार चन्द्रसिंह साउदलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुुक्ति गरेको थियो ।

यसअघि लगातार घट्दै आएको नेप्सेमा सीईओ नियुुक्ति गरेको भोलिपल्ट अर्थात् आज मंगलबार सकारात्मक प्रभाव देखिएको छ । आज नेप्से सूचक तथा सेन्सिटिभ दुुबै नै सामान्य अंकले बढेका छन् । नेप्से शून्य दशमलव ७४ अंकले बढेर १५ सय दुई दशमलव ६३ विन्दुमा कायम रहेको छ भने सेन्सिटिभ शून्य दशमलव २२ अंकले बढेर तीन सय १५ दशमलव ६५ विन्दुमा कायम रहेको छ । कुुल एक सय ५५ कम्पनीहरुको तीन हजार पाँच सय ५१ वटा कारोबारमा छ लाख ७४ हजार सात सय ८७ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर किनबेच हुंदा कारोबार रकम ३० करोड ७० लाख ६८ हजार तीन सय १९ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज सबैगरी कुुल नौ वटा समूहको कारोबार भएकोमा छ समूहको कारोबार सूचक घटेको छ भने तीन वटाको बढेको छ । वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव तीन अंकले घटेर १२ सय ९४ दशमलव ३७ विन्दुमा झरेकोमा १३ करोड ८३ लाख ८३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बीमा समूहको सूचक पनि आठ दशमलव ९९ अंकले घटेर आठ हजार दुुई सय आठ दशमलव ९७ विन्दुमा झरेकोमा पाँच करोड ७२ लाख ७२ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज टे«डिङ, होटल, जलबिद्युुत र उत्पादनमुुलक समूहको सूचकमा पनि क्रमशः तीन दशमलव ३८, छ दशमलव २१, चार दशमलव ४१ र ११ दशमलव ६४ विन्दुले गिरावट आएको छ ।

विकास बैंक समूहको भने आज शून्य दशमलव ८५ अंकले बढेर १८ सय ४४ दशमलव १४ विन्दुुमा चढेकोमा चार करोड ७६ लाख ६५ हजार दुुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । फाईनान्स र अन्य समृुहको सूचक भने क्रमश चार दशमलव ५१ र आठ दशमलव ६७ अंकले बढेकाछन । आज बढी कमाउने कम्पनीको सूचीमा परेको जानकी फाईनान्सको प्रतिकित्ता सेयर मूल्य तीन रुपैयाँ ७७ पैसाले बढेर दुुई सय ७५ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा परेको हिमालयन डिष्टिलरी प्रालीको सेयर मूल्य तीन रुपैयाँ ७० पैसाले घटेर १३ सय रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता तीन सय ४१ रुपैयाँ अन्तिम मूल्यमा एक करोड ३३ लाख ३८ हजार आठ सय ७२ रुपैयाँको सेयर कारोबार भएको छ भने एभरेष्ट बैंकको ११ सय ९९ रुपैयाँ अन्तिम मूल्यमा एक करोड २५ लाख २८ हजार २१ रुपैयाँको सेयर कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै