• २०८१ बैशाख ४ मंगलबार

अमेरिका र दक्षिण कोरियाको 'वार प्लान' उत्तर कोरियाले ह्याक गर्‍यो !

kharibot

सोल (रासस/एएफपी) / उत्तर कोरियाको कम्प्युटर ह्याकरले दक्षिण कोरियाका कम्प्युटरहरु ह्याक गरी महत्वपूर्ण सामाग्रीहरु चोरेको आरोप लगाइएको छ ।

ती सामाग्रीहरुमा उत्तरदुई कोरियाको युद्धका समयमा भएका सैनिक एवम् सरकारी रणनीतिहरुका साथै युद्धसम्बन्धी संवेदनशील दस्ताबेजहरु पनि रहेको बताइएको छ ।

कोरिया युद्धका समयमा दक्षिण कोरियाली सेनाले सैनिक अप्रेसनका समयमा बनाएका योजनाहरु सम्मिलित दस्ताबेजहरु पनि त्यसमा रहेका दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् ।

उत्तर कोरियाको ह्याकरले दक्षिण कोरियाली सेनाको नेटवर्कमा आक्रमण गरेको र त्यसबाट २३५ गिगा बाइट बराबरका अति सम्वेदनशील तथ्यांकहरु चोरेको जनाएको छ ।

दक्षिण कोरियाको सत्ताधारी डेमोक्र्याटिक पार्टीका सांसद रुचिल हीले कम्प्युटर ह्याक गरिएको सम्बन्धी सो जानकारी दिए ।

उनले गत सेप्टेम्बर महिनामा उत्तर कोरियाली कम्प्युटर ह्याकरले दक्षिण कोरियाली सेनाको कम्प्युटरमै आक्रमण गरेको जानकारी दिएको समाचारमा जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै