अमेरिका र दक्षिण कोरियाको 'वार प्लान' उत्तर कोरियाले ह्याक गर्‍यो !

खरीबोट

सोल (रासस/एएफपी) / उत्तर कोरियाको कम्प्युटर ह्याकरले दक्षिण कोरियाका कम्प्युटरहरु ह्याक गरी महत्वपूर्ण सामाग्रीहरु चोरेको आरोप लगाइएको छ ।

ती सामाग्रीहरुमा उत्तरदुई कोरियाको युद्धका समयमा भएका सैनिक एवम् सरकारी रणनीतिहरुका साथै युद्धसम्बन्धी संवेदनशील दस्ताबेजहरु पनि रहेको बताइएको छ ।

कोरिया युद्धका समयमा दक्षिण कोरियाली सेनाले सैनिक अप्रेसनका समयमा बनाएका योजनाहरु सम्मिलित दस्ताबेजहरु पनि त्यसमा रहेका दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् ।

उत्तर कोरियाको ह्याकरले दक्षिण कोरियाली सेनाको नेटवर्कमा आक्रमण गरेको र त्यसबाट २३५ गिगा बाइट बराबरका अति सम्वेदनशील तथ्यांकहरु चोरेको जनाएको छ ।

दक्षिण कोरियाको सत्ताधारी डेमोक्र्याटिक पार्टीका सांसद रुचिल हीले कम्प्युटर ह्याक गरिएको सम्बन्धी सो जानकारी दिए ।

उनले गत सेप्टेम्बर महिनामा उत्तर कोरियाली कम्प्युटर ह्याकरले दक्षिण कोरियाली सेनाको कम्प्युटरमै आक्रमण गरेको जानकारी दिएको समाचारमा जनाइएको छ ।

सम्बन्धित समाचार

अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यासको जवाफ दिने उत्तर कोरियाको चेतावनी

प्योङयाङ ।  दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यासको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ ।  यी दुई देशको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई सैन्य

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण, सर्वत्र विरोध

सोल । संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको विरोध हुदाहुदै उत्तर कोरियाले बुधबार एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ ।  उत्तर कोरियाले सो क्षेप्यास्त्र प्रहार गरेको समाचार

उत्तर कोरियाले गर्यो अहिलेसम्मकै ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

सियोल ।  उत्तर कोरियाले अहिलेसम्मकै ठूलो क्षमताको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ ।  उत्तर कोरियाले परीक्षण गरेका मध्ये यो अहिलेसम्मकै ठूलो क्षमताको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल रहेको बताइएको

अमेरिकाले छ वटा लडाकू जेट दक्षिण कोरिया पठायो

सोल । अमेरिकी सैन्य बलले दक्षिण कोरियाका लागि आगामी महिना छ वटा लडाकू जहाज दिने भएको छ ।  ती जेट विमानहरु अमेरिका र दक्षिण कोरियाबीच संयुक्त रुपमा हुने सैन्य अभ्यासको लागि प्रयोग गर्न