• २०८१ बैशाख ८ शनिबार

छक्का पन्जा ३ निर्माणको घोषणा 

kharibot

काठमाडौँ ।  हाल प्रदर्शन भैरहेको फिल्म 'छक्का पन्जा २' को सफलता पछि छक्का पन्जा ३ पनि निर्माण हुने भएको छ ।

छक्का पन्जा २ ले गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म 'छक्का पन्जा'को रेकर्ड तोड्ने क्रममा रहेका बेला छक्का पन्जाको तेस्रो सिक्वेल बनाउने घोषणा गरिएको हो ।  

'छक्का पन्जा २' बाट पनि सफलता हात परेपछि फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले यसको तेस्रो सिक्वेलको पनि निर्माण घोषणा गरेका छन् । फिल्मको सफलताको खुसी साट्दै दीपकराज गिरीले 'छक्का पन्जा ३' घोषणा गरेका छन् । यो फिल्मलाई पनि दीपाश्री निरौलाले निर्देशन गर्नेछिन् । 

फिल्ममा 'छक्का पन्जा ३' मा '६ एकान ६' देखि 'छक्का पन्जा २' सम्म काम गर्ने पुरानै कलाकारहरुको अभिनय रहने छन् । छक्का पन्जा २ अहिले सफलता साथ् प्रदर्शन भए पनि भद्दा कमेडी भएको, नारीलाई होच्याइएको, कानुनको मजाक उडाइएको जस्ता आरोप लागेका छन् । यस अघि फिल्मका दुई गीत चोरी गरेको आरोप पनि लागेको थियो । 

दीपक राज गिरीले आलोचकले उठाएका जायज गल्तीलाई सुधार्दै छक्का पन्जा ३ निर्माण गरिने जानकारी दिएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै