छक्का पन्जा ३ निर्माणको घोषणा 

खरीबोट

काठमाडौँ ।  हाल प्रदर्शन भैरहेको फिल्म 'छक्का पन्जा २' को सफलता पछि छक्का पन्जा ३ पनि निर्माण हुने भएको छ ।

छक्का पन्जा २ ले गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म 'छक्का पन्जा'को रेकर्ड तोड्ने क्रममा रहेका बेला छक्का पन्जाको तेस्रो सिक्वेल बनाउने घोषणा गरिएको हो ।  

'छक्का पन्जा २' बाट पनि सफलता हात परेपछि फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले यसको तेस्रो सिक्वेलको पनि निर्माण घोषणा गरेका छन् । फिल्मको सफलताको खुसी साट्दै दीपकराज गिरीले 'छक्का पन्जा ३' घोषणा गरेका छन् । यो फिल्मलाई पनि दीपाश्री निरौलाले निर्देशन गर्नेछिन् । 

फिल्ममा 'छक्का पन्जा ३' मा '६ एकान ६' देखि 'छक्का पन्जा २' सम्म काम गर्ने पुरानै कलाकारहरुको अभिनय रहने छन् । छक्का पन्जा २ अहिले सफलता साथ् प्रदर्शन भए पनि भद्दा कमेडी भएको, नारीलाई होच्याइएको, कानुनको मजाक उडाइएको जस्ता आरोप लागेका छन् । यस अघि फिल्मका दुई गीत चोरी गरेको आरोप पनि लागेको थियो । 

दीपक राज गिरीले आलोचकले उठाएका जायज गल्तीलाई सुधार्दै छक्का पन्जा ३ निर्माण गरिने जानकारी दिएका छन् ।  
 

सम्बन्धित समाचार

छक्का पन्जा ३ निर्माणको घोषणा 

काठमाडौँ ।  हाल प्रदर्शन भैरहेको फिल्म 'छक्का पन्जा २' को सफलता पछि छक्का पन्जा ३ पनि निर्माण हुने भएको छ । छक्का पन्जा २ ले गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म

‘छक्का पन्जा २’ ले मल्टिप्लेक्स हलमा पायो सर्वाधिक शो, रेकर्ड तोड्ने अनुमान  

काठमाडौँ ।  वर्षको प्रतिक्षीत फिल्म ‘छक्का पन्जा २’ भोली बुधवारदेखि प्रदर्शनमा आउँदैछ । अधिकांश सिंगल हलमा आफ्नो उपस्थिति जनाउन लागेको यो फिल्मले मल्टिप्लेक्स हलमा पनि सर्वाधिक शो पाएको छ । ‘छक्का

'छक्का पन्जा २' को नाइनलको साडी युट्युबमा एक करोड पटक हेरियो 

काठमाडौँ ।  दीपाश्री निरौलाले निर्देशन गरेको फिल्म 'छक्का पन्जा २' को ‘नाइनलको साडी’ बोलको गीतको भिडियोले युट्युबमा एक करोड पटक हेरिएको छ । संगीतकार अल्मोडा उप्रेतीलाई यो गीतको संगीत चोरेको

'छक्का पन्जा २' को फस्टलुक पोस्टर सार्वजनिक

वर्षको सुपरहिट फिल्म 'छक्का पन्जा'को सिक्वेल 'छक्का पन्जा २' को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।  मित्रता दिवसको अवसर पारेर फिल्मकी निर्मात्री तथा निर्देशक दीपाश्री निरौलाले फिल्मको फस्टलुक पोष्टर सार्वजनिक गरेकी