• २०८१ बैशाख ८ शनिबार

कसैको ‘टार्गेट’ मा नपरेसम्म सुरक्षित, के गर्दै छ प्रहरी ? 

kharibot

काठमाडौँ । के तपाई राजधानी शहर काठमाण्डौंमा आफूलाई सुरक्षित महशुस गर्नु हुन्छ ?  बिहान घरबाट निस्केपछि साँझ शकुसल घर पुग्छु भन्नेमा पूर्ण विश्वस्त हुनुहुन्छ ?  हो, तपाई आफूलाई देशकै ठूलो, पुरानो र जेठो महानगर तथा राजधानी शहरमा आफूलाई पूर्ण सुरक्षित भएको ठान्नुहुन्छ भने गलत हुनुहुन्छ । 

तपाई त्यो बेलासम्म मात्रै सुरक्षित रहनुहुनेछ जबसम्म तपाई आपराधिक समुहको निशानामा परेको हुनुहुनेछैन । सरकारी सुरक्षाको चुस्त बन्दोबस्तीले होईन की मात्रै तपाई आपराधिक समूहको टार्गेटमा नपरेसम्म मात्रै हो सुरक्षित । त्यतिबेलासम्म मात्रै हो तपाईको शहरमा शान्ति अमनचयन कायम हुने । 

जब कुनै आपराधिक गिरोहले तपाईलाई सिध्याईदिन चाहेमा वा तपाई कुनै पनि गलत तत्वको दागी बन्नु भएको छ भने तपाईको ज्यान क्षणभरमै जोखिममा छ । दिनदहाडै तपाई कुनै पनि बेला राजधानीको मध्य सडकमा गोलीले ताकी ताकी मारिनु हुनेछ । खबरदार सावधान रहनुहोला । आफ्नो सुरक्षा आफै गर्नुहोला । सरकारी सुरक्ष त तपाईको लाशमाथि कात्रो ओढाउन मृत्युपछिको डाक्टर भने झैं मात्रै हुनेछ । 

यही हो तपाईको शहरको, राजधानीको शान्ति सुरक्षाको पछिल्लो अवस्था । यसको ताजा उदाहरण नेपाल निर्माण व्यवसायी संघका अध्यक्षको असोज २३ सोमवार भएको गोलीकाण्ड नै काफी प्रमाण हो ।

यही हो तपाईको शहरको, राजधानीको शान्ति सुरक्षाको पछिल्लो अवस्था । यसको ताजा उदाहरण नेपाल निर्माण व्यवसायी संघका अध्यक्षको असोज २३ सोमवार भएको गोलीकाण्ड नै काफी प्रमाण हो । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनलाई सोमबार दिउँसो गोली हानियो, राजधानीको अति व्यस्त मध्यको शहर वानेश्वरमा । गोली लागेको केही समयमै अस्पताल र्पुयाइएका उनको मृत्यु भयो । 

घटना विवरण अनुसार दिउँसो २ बजेर ४५ मिनेटमा बानेश्वरमा रहेको घरबाट निस्केर गाडीमा चढी केही मिटर पर नपुग्दै मोटरसाइकलमा आएका दुई जना मास्क लगाएका अज्ञात व्यक्तिले गोली हानेका थिए । 

मोटरसाइकल केही पर राखेर हिँड्दै आएका उनीहरुले पहिले गाडीमा इँटा हाने । इँटा प्रहारपछि उनीहरुमध्ये एकले आफूसँगै ल्याएको पेस्तोलबाट दुई राउन्ड गोली प्रहार गरे । बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडीको अगाडिपट्टीको सिटमा बसेका गौचनको छातिमा गोली लाग्यो । त्यही दागिएको गोलीमा एैया पनि भन्न नपाउदै उनी सदाका लागि बिदा भए । अस्पताल त उनलाई मृत घोषणा गर्न लगे जस्तो मात्रै भयो । 

कुनै एक मसलेदार सिनेमाको दृश्य जस्तो लाग्ने यो हत्याकाण्ड अपराधिक समुहको कुनै सर्जिकल स्ट्राईक थिएन,  बरु यो त पूर्वनिर्धारित र सुनियोजित गेमप्लान नै थियो भन्ने स्पष्ट पारेको छ घटना विवरण र प्रत्यक्षदर्शीको बयानका विवरणहरुले । दशैं अघि घरमा बसेको एक जना लागू औषधका अम्मली युवालाई ललितपुरमा घरभित्रैबाट गोली दाग्दै घर नजिकै गोलीले ढालेर पुरुषार्थ देखाएको रटान लगाएको नेपाल प्रहरीले सोमवार आरामले निर्माण व्यवसायी गौचनलाई ताकी ताकी गोली दाग्दा त्यसको सुईकोसम्म पाएन । 

दशैं अघि घरमा बसेको एक जना लागू औषधका अम्मली युवालाई ललितपुरमा घरभित्रैबाट गोली दाग्दै घर नजिकै गोलीले ढालेर पुरुषार्थ देखाएको रटान लगाएको नेपाल प्रहरीले सोमवार आरामले निर्माण व्यवसायी गौचनलाई ताकी ताकी गोली दाग्दा त्यसको सुईकोसम्म पाएन । 

कति निरिह रमिते छ प्रहरी ?  घरमा सुध्रेर बसेका लागू औषधका अम्मली युवालाई मार्दा बहादुरी गरेको दाबी गर्ने प्रहरी त्यति ठूलो निर्माण व्यवसायका नेताको हत्याको सुईकोसम्म  पाउदैन । घट्नास्थल र तीनकुने प्रहरी थानाको दुरी करीब १० मिनेटको मात्रै छ । घटनास्थलकै नजिक पनि साना प्रहरी वीट छन, सिनामंगल तथा वानेश्वर एरियामा । तै पनि प्रहरीलाई निर्माण व्यवसायी गौचनको हत्या भैसकेपछि मात्रै थाहा हुन्छ । घटना तथ्यले भन्न करै लगाउछ की प्रहरी जनताको शान्ति सुरक्षाको साथी होईन, हत्यापछिको मलामी मात्रै हो ।

क्राईम कन्ट्रोल्ड दशैं सम्पन्न गरेको भनेर पकेटका संचार माध्यम र पत्रकारद्धारा प्रचार गराईरहेको प्रहरीका सामुन्नेमा दशैंको ह्याँग नसकिदै सोमवार दिउसो हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्षको हत्याकाण्ड एक व्यक्ति हत्या मात्रै होईन, राजधानीको निरिह सुरक्षा व्यवस्थाको नाँगो नमुना पनि हो ।

गौचनलाई गरिएको सुटआउटको प्रकृति हर्दा प्रोफेसनल सुटरको प्रयोग भएको दावी प्रहरीको छ । गाडी र सुटरको दूरी धेरै छैन। फेरि कहाँ हान्दा मृत्यु हुन्छ भन्ने जानकारी भएर नै हानेको देखिन्छ । त्यसैले गोली प्रहार गर्ने सार्पसुटर नै हुन् । लौ भन्नुस त सार्प सुटरको यो दिनदहाडैको नाँगो नाचले गिज्याएको छैन त राजधानी शहरको शान्ति र अमनचयनलाई ।

प्रहरीलाई चक्मा दिएर सार्प सुटरको यो हर्कत सफल हुदा पनि प्रहरी केही पत्तो पाउदैन भने शहर सार्पसुटरको कब्जामा रहेको स्पष्ट भएन त ? शहरको दादागिरी आपराधिक समुहको हातमा रहेको यो भन्दा ठूलो प्रमाण के नै चाहिन्छ र ?  गोली प्रहार गरेपछि पनि ती सार्पसुटरहरु हड्बडिएनन्, निडर भएर पेस्तोल खेलाउँदै हिँडे । अनि प्रहरीबाट अझैसम्म बच्न सफल भएका छन भनेपछि अपराधि अघि अघि प्रहरी पछि पछि हुनुको पीडामा नागरिकको ज्यान धरापमा रहेको पुष्टि भएन त ?

देश निर्वाचनको महासमरमा होमिदै गरेका बेला निर्माण व्यासायीका नेता गौचनको रहस्यमयी हत्याका आयामहरु, उदेश्यहरु असामान्य र अकल्पनीय छन । यस्तै दर्जन घटनाहरु देशभर बढेमा के निर्वाचनको वातावरण बनिरहला ? जनमनहरु त्रस्त, भयवित र आतंकित बनेका छन । अपराधी निर्णायक र प्रहरी उनीहरुका पिछलग्गु भएको यो वर्तमान क्रुर मजाक हो, सरकारको निरिह शान्ति अमनचयन र व्यवस्थापनको ।

जनमनहरु त्रस्त, भयवित र आतंकित बनेका छन । अपराधी निर्णायक र प्रहरी उनीहरुका पिछलग्गु भएको यो वर्तमान क्रुर मजाक हो, सरकारको निरिह शान्ति अमनचयन र व्यवस्थापनको ।

वाम एकताका नाममा पार्टीहरुको मिलन समारोहका कार्यक्रम संचालक भएर देशका गृहमन्त्री जर्नादन शर्मा प्रभाकर उदघोषक बन्दै रमाउने, पूर्वप्रहरीका डिआईजी पार्टीका उम्मेद्धवार बन्ने अनि दीपक मनांगे र नवराज सिलवाल जस्ता पात्र सूर्यको छहारीमा केपी ओलीहरुको छत्रछायाँमा बस्दै गर्दा शरद गौचनहरु अनाहकमा मारिने आखिर कहिलेसम्म ?  सरकार हत्यापछिको मलामी बन्ने प्रहरीको राजनीतिकरण बन्द नगर्ने अनि कहिलेसम्म मारिने गौचनहरु ? 

हत्याराहरुको समुहले नै फोन गरेर हत्याको जिम्मेवारी स्वीकारेका भ्रामक वा सुनियोजित दृष्टान्तहरुले प्रहरी भन्दा अपराधी वढदो संचार र सामाजिक संजालको उपयोग मार्फत समाजलाई कब्जामा लिन र प्रहरीलाई चक्मा दिन काबिल भएको प्रमाणित गरेको छ । गौचनको हत्या काठमाण्डौंको व्यस्त सडकमा पहिलो थिएन, अन्तिम हुने संकेत पनि छैन ।

त्यसैले गौचनको हत्याको शोकलाई शक्तिमा बदल्ने र मृतकका शोकाकुल एक छोरा, दुई छोरी र श्रीमतीलाई सार्थक समवेदना र समाजलाई सुरक्षा अनुभुति दिने हो भने गृहमन्त्री शर्मा र सरकारले हत्यारा पत्ता लगाउन एक मिनेट पनि विलम्व गर्नु हुदैन । प्रहरीको राजनीतिकरणबाट राजधानी शहरलाई आपराधिक गिरोहको रामराज्य बनाउनबाट रोक्न अब सरकारको आखाँ खुलोस न यति बिघ्न ठूलो अपुरणीय क्षती पछि त । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै