परीक्षा बोर्डका अध्यक्षमा पौडेल

खरीबोट
ad

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षमा डा चन्द्रमणि पौडेल नियुक्त भएका छन् । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले पौडेललाई चार वर्षका लागि नियुक्त गरेको हो । त्रिविका पूर्वरजिष्ट्रार पौडेल हाल सोही विश्वविद्यालयमा तथ्याकंशाशस्त्रका प्राध्यापक हुन् । 

पौडेलले उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले नियुक्तिको निर्णय भएको जानकारी दिएकाले आफूले चाँडै कार्यभार सम्हाल्ने बताए । शिक्षा ऐन (आठौँ संशोधन) बमोजिम तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषद् खारेज भई सो संस्था बोर्डमा रुपान्तरण भएको थियो । 

विसं २०७३ असार १५ मा सो संशोधित ऐन लागू भए पनि हालसम्म बोर्डमा अध्यक्ष नियुक्त हुन नसक्दा पदेन उपाध्यक्ष (शिक्षा मन्त्रालयका सचिव) को नेतृत्वमा सामान्य कार्य सञ्चालन हुँदै आएको थियो । सो पदमा विज्ञापन गरी आवेदकमध्येबाट लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहेको सिफारिस समितिले पौडेलको नाम पठाएको थियो । 

पौडेलले माध्यमिक शिक्षाको मूल्याकंन र सम्परीक्षणको कार्य स्वायत्त गराउन तथा संघीय संरचनानुसार प्रादेशिक कार्यालय खोल्नेलगायत कामको योजना आफूसँग भएको बताए ।

सम्बन्धित समाचार

कक्षा ११ र १२ को परीक्षा मर्यादित बनाउन छलफल 

भक्तपुर । यही वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा ११ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको

११,१२ कक्षामा परिक्षा फाराम भर्न छुटेका विद्यार्थीलाई फाराम भर्ने मौका

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख÷जेठमा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षामा फारम भर्न छुटेका विद्यार्थी एवं विद्यालयलाई पुन : फाराम भर्न अन्तिम मौका दिएको छ । परीक्षा फारम भर्न

कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण, प्रश्नपत्र छपाइ शुरु

भक्तपुर ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका प्रवक्ता तथा उपनियन्त्रक जयन्ती सत्यालले

कक्षा १२ को मौका परीक्षाको परीक्षाफ़ल प्रकाशित (नतिजा हेर्नुहोस्)

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मिका परीक्षाको परिक्षाफ़ल प्रकाशित गरेको छ ।  बोर्डका अनुसार कुल ३९४४६ परिक्षार्थीमा परीक्षामा सहभागी भएकोमा ३४५३० परीक्षार्थी उत्तीर्ण भएका छन् । मौका परीक्षामा ८७.५४