• २०८१ बैशाख ११ मंगलबार

गौचनको हत्याको विरोधमा निर्माण व्यवसायीहरु सडकमा 

kharibot

काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको विरोधमा निर्माण व्यवसायी र उनका आफन्तहरुले माइतीघर–तीनकुने सडकखण्ड अवरोध गरेका छन् । 

उनीहरुले हत्यारा पक्राउ गरी कारबाही गर्नुपर्ने माग राख्दै नाराबाजी गरिरहेका छन् ।

अध्यक्ष गौचनको आज दिउँसो काठमाडौंको शान्तिनगरस्थित ओमशान्ति चोकमा गोली हानी हत्या भएको थियो । गोली प्रहारलगत्तै उनलाई उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पताल लगिएको भएपनि अस्पताल पुगे लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

चिकित्सकका अनुसार उनको शरीरमा तीन गोली लागेको थियो । गौचनलाई गाडी बाहिरबाट गोली हानिएको थियो । गोलीले गाडीको सिसा छेडेर लागेको गौचनलाई लागेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै