• २०८१ बैशाख ८ शनिबार

एनआईसी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा ढुंगेल नियुक्त 

kharibot

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडको ३९औ सञ्चालक समितिको बैठकको निर्णय अनुसार एन आईसीएशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पद्मा झनक राज ढुंगेललाई नियुक्त गरिएको जनाइएको छ । 

ढुंगेल विगत २३ वर्षदेखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत रहदै आएका छन् । यसअघि ढुंगेल अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा आबद्ध रहेका थिए । ढुंगेलले एनआईसी एशिया बैङ्कको मातहतमा प्रमुख कार्यकारी अधिकृत रहेका राम चन्द्र खनालको स्थानमा कार्यभार समाल्ने भएका हुन् । 

सेवाग्राहीको सहजतालाई शिरोपर गर्दै उच्चतम प्रविधि तथा उत्कृष्ट जनसक्तिको सहायताबाट गुणस्तरीय ग्राहकमुखि सेवा प्रदान गर्दै आईरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै