• २०८१ बैशाख ८ शनिबार

हार्वेको यौन दुर्व्यवहारले तात्यो हलिउड, आरोपपछि आफ्नै कम्पनीबाट निकालिए चर्चित निर्माता

kharibot

चर्चित फिल्म निर्माता हार्वे वेइनस्टेन । तस्बिर : AFP

हलिउड । फिल्म निर्माणसम्बन्धी कम्पनी वेइनस्टेन कम्पनीले हार्वे वेइनस्टेनलाई यौन दुव्र्यवहारको आरोपमा पदमुक्त गरेको छ । निर्देशकहरुको बोर्डले हार्वेलाई हटाएको हो । हलिउड स्टुडियोले एकेडेमी अवार्डसमेत हात पारिसकेका फिल्मनिर्माता तथा कम्पनीका संस्थापक सदस्य समेत रहेका हार्वेविरुद्ध लागेको आरोपको छानबिन गरेको थियो ।

कम्पनीको बोर्डले विज्ञप्ति जारी गर्दै केही दिनअघि भएको भनिएको घटनाबारे नयाँ तथ्य पाएको भन्दै उनलाई हटाएको जनाएको छ । हार्वे स्टुडियोका कोचेयरमेन (सहप्रमुख) समेत रहेका थिए । सहकर्मी महिलाले नै उनीविरुद्ध आरोप लगाएपछि केही दिनका लागि उनी छुट्टी बसेका थिए । न्युयोर्क टाइमले यसबारे समाचार लेखेको थियो ।

समाचार सार्वजनिक भएपछि हार्वेले सार्वजनिक रुपमा माफी मागेका थिए । द गल्र्स स्टारद्वय आस्ले जुड र रोज म्याकगोवानलगायतका थुप्रै महिला कलाकारहरुले फिल्म निर्मातामाथि आरोप लगाएपछि हार्वेका कानुनी सल्लाहकार लिसा ब्लुमले पनि गत शनिबार नै राजीनामा दिएकी छिन् ।

वेइनस्टेन हलिउडका शक्तिशाली फिल्म निर्माता हुन् । उनी र उनका भाइ बबले सन् १९७९ मा मिरम्याक्स कम्पनी खोलेका थिए । पछि १९९३ मा यो डिस्नेलाई बेचिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै