अमेरिका नेपाल सोसाइटीको अध्यक्षमा प्रभा भट्टराई देउजा विजयी 

खरीबोट
ad

वाशिंटन डिसी । अमेरिका नेपाल सोसाइटीको सम्पन्न निर्वाचनमा प्रभा भट्टराई देउजा अध्यक्षमा बिजयी भएकी छन् । देउजाले ६३९ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिद्वन्दी प्रेम पौडेलले ५१५ मत प्राप्त गरेका छन् । 

त्यस्तै प्रथम उपाध्यक्षमा डा बिष्णु घिमिरेले ५७२ मत प्राप्त गरी बिजयी भएका छन् । घिमिरेका निकटतम प्रदिद्वन्दी सुजीत अर्जेलले ५४८ मत प्राप्त गरेका छन् ।

यसै गरी द्वितिय उपाध्यक्षमा कृष्ण अधिकारीले ६५३ मत प्राप्त गरी बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी एन्ड्रिउले ४४८ मत प्राप्त गरेका छन् ।

महासचिबमा सुदिप पोखरेल, सचिबमा अन्जना, कोषाध्यक्षमा शुभ शाक्य विजयी भएका छन् । सोसाइटीको संचार निर्देशकमा निलु खरेल निर्बिरोध निर्वाचित भएकी छन् ।

सम्बन्धित समाचार

राप्रपामा प्रवासबाट ७ केन्द्रीय सदस्यको प्रतिनिधित्व हुने  

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न केन्द्रीय परिषद वैठकले प्रवासमा विभिन्न महत्त्वपूर्ण कार्यक्रम प्रस्ताव गरेको छ । विधान संसोधन प्रस्ताव अनुसार अब प्रवासको विभिन्न क्षेत्र समेटने गरि ६ केन्द्रीय सदस्य र

राप्रपा प्रवास विभागको सुचना तथा प्रविधि प्रमुखमा राजेश रिजाल मनोनित 

काठमाडौँ । राप्रपा प्रवास विभागका प्रमुख विजय खडकाले विभागका सदस्य युवा ईन्जिनियर,आइटी विज्ञ राजेश रिजाललाई विभागको सुचना तथा प्रविधि प्रमुखमा मनोनयन गरेका छन् ।  पार्टीलाई नयाँ टेक्नोलोजीको विषयमा अपडेट गराउदै विभागलाई

म्याग्दीमा प्रवासकोे अभियान : ‘विदेशको आम्दानी, स्वदेशमा लगानी’

म्याग्दी ।  वैदेशिक रोजगारी आमनेपाली युवाका लागि बाध्यता हो । रोजगारी, अध्ययन, व्यापार व्यवसायको सिलसिलामा प्रवासमा पुगेपछि आर्जन गरेको कमाइले कतिपय व्यक्ति सम्पन्न बन्दै सुविधायुक्त जीवनयापन गरिरहेका छन् । तर, म्याग्दीको

प्रवासी नेपालीको समस्या समाधान गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता 

नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाली समुदायले भोग्नु परेको समस्या समाधान हुनेमा प्रवासी नेपालीले विश्वास व्यक्त गरेका छन् ।  नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री