लेखापरीक्षकले दोहोरो सुविधा लिएको बारे त्रिविसँग थप सूचना माग

खरीबोट

काठमाडौँ । त्रिवि रजिष्टारको कार्यालयसँग त्यस विश्वविद्यालयअन्तर्गतका ६० आंगिक क्याम्पसमा आन्तरिक लेखापरीक्षक गर्दा केन्द्रबाट खटिने टोलीले दोहोरो सुविधा लिएको पाइएपछि त्यसबारे थप सूचना माग गरिएको छ । 

अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा लामो समयदेखि क्रियाशील संस्था फ्रिडम फोरमको अगुवाइमा तारानाथ दाहालको टोलीले सूचनाको हकको प्रयोग गरी माग गरेको सूचनामा त्रिविबाट काज लिएर गएका लेखापरीक्षकले क्याम्पसको आन्तरिक लेखापरीक्षण गर्ने क्रममा उक्त क्याम्पसलाई पनि आर्थिक भार पारेको सूचना प्राप्त गरेपछि त्यससम्बन्धी थप सूचना माग गरिएको हो । 

सूचना मागमा टोलीले आंगिक क्याम्पसमा आर्थिक वर्ष २०७१÷०७२ र ०७२÷०७३ को आन्तरिक लेखापरीक्षणका क्रममा भएको खर्चको विवरण माग गरेको छ । 

सूचनामा त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुर काठमाडौँमा आंगिक क्याम्पसको आन्तरिक लेखा परीक्षण गर्न त्यस कार्यालयबाट क कस्को नेतृत्वमा कतिवटा टोली खटिएका थिए र उक्त टोलीका लागि सो कार्य सम्पादन गरेबापत के के शीर्षकमा कति कति खर्च भएको छ भन्ने विवरण माग गरिएको छ । 

त्यसैगरी त्यस विश्वविद्यालयअन्तर्गतका ६० वटा आंगिक क्याम्पसको सूचना अधिकारीको नाम, सम्पर्क नम्बर र पद तथा आन्तरिक लेखा परीक्षण गर्न खटिएको टोलीले लिएको दोहोरो सुविधाका विषयमा कस्तो प्रकारको कारबाही हुने व्यवस्था छ सोबारे जानकारी माग गरिएको छ । 

केही समयअघि सूचना दिन गएका उक्त टोलीले नै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६० आंगिक क्याम्पसमा केन्द्रबाट खटिएका आन्तरिक लेखापरीक्षकको टोलीले अनियमितता गरेको भेटिएपछि उक्त सूचना माग गरिएको बताउनुभएको छ । सूचना मागको बोधार्थकपी राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तलाई समेत दिइएको छ । 

सम्बन्धित समाचार

कानुन र मानविकी स्नातकोत्तर दोस्रोबर्षको परीक्षाफल प्रकाशित 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल चैत÷वैशाखमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ ।  त्यसैगरी परीक्षा नियन्त्रण कार्यालयले २०७४ कात्तिक/मंसिरमा सञ्चालित

त्रिविका क्याम्पसमा स्मार्ट बोर्ड र निःशुल्क वाइफाइ

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसलाई सूचना प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड र निःशुल्क वाइफाइको प्रबन्ध शुरु गरेको छ ।  विश्वविद्यालयले स्मार्ट बोर्ड खरिदका लागि प्रतिक्याम्पस रु एक लाखका दरले रकम व्यवस्था गरेको

अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था लागू गरेको छ ।  त्रिविले अध्ययन पूरा नगरी बीच

आफ्नो सम्पत्ति राजर्षि विश्वविद्यालयलाई नदिने त्रिविको अडान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय वा उच्चशिक्षासम्बन्धी कुनै कानून वा नीति बन्दा आफूसँग सरकारले परामर्श गर्नुपर्ने जनाएको छ ।  हालै संसद्बाट पारित तथा राष्ट्रपतिबाट प्रमाणीकृत राजर्षि जनक विश्वविद्यालय ऐन, २०७४ ले विश्वविद्यालयलाई गम्भीर