• २०८१ बैशाख ८ शनिबार

विश्वकप छनौट खेलको अर्जेन्टिनामा तनाव, सरकारले फ्यानहरुलाई जारी गर्यो अलर्ट

kharibot

तस्बिर : गोल डटकम

काठमाडौँ । फुटबलको देश भनेर चिनिने अर्जेन्टिना अहिले विश्वकपमा छनौट हुने नहुने कारणले चर्चामा रहेको छ । विश्वभर रहेका अर्जेन्टिनाका फ्यानहरुको पनि आफ्नै खाले चिन्ता छ विश्वकपमा छनौट होला की नहोला भनेर । 

तर अर्जेन्टिनामा भने मंगलबार हुने खेललाई लिएर मानिसहरुको स्वास्थ्य प्रति सरकारले अलर्ट जारी गरेको छ । इक्वेडर विरुद्ध जितले मात्र विश्वकपको प्लेअफमा ठाउ पाउने अवस्थामा पुगेको अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले खेलको समयमा मानिसहरुमा आउन सक्ने हार्ट अट्याकको समस्याप्रति चिन्तित देखिएको हो ।  

सन् २०१४ को विश्वकप पछि देखि लगातार निराशाजनक प्रदर्शन गरेको अर्जेन्टिनामा त्यति बेला पनि फ्यानहरुको अर्जेन्टिना प्रतिको माया र लगावले उनीहरु भावनामा बग्ने हुदा मुटुको समस्या बढी देखिन सक्ने रिपोर्ट प्रकासित भएको थियो ।

अहिले पनि अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले फ्यानहरुका लागि खेलको समयमा सचेत हुन् र भावनामा आएर आफ्नो स्वास्थ्य नबिगार्न अपिल गरेको छ । खार गरी पेनाल्टी गोलको अवसर र गोल हानेको अवसरमा उतेजित हुने फ्यानहरुलाई सरकारले चेतावनी दिएको हो ।

विभिन्न अध्ययनहरुलाई आधार बनाएर मन्त्रालयले खेलको समयमा विभिन्न खाना र ड्रिंकलाई प्रयोग नगर्न पनि सल्लाह दिएको छ । 

चिनीयोग्य खाना र रक्सी नपिउन सल्लाह दिदै ओभनमा पकाएको आलु र गुलियो चिज नखान आग्रह गरेको छ । खेलका क्रममा फ्यानहरुलाई हात खुट्टा चलाईरहन र हाफ टाइममा हिड्न आग्रह गरेको छ ।  

दक्षिण अमेरिकी समुहबाट ब्राजिल रसियामा हुने विश्व कपका लागि यसअघि नै छनौट भैसकेको छ । भने हाल उरुग्वे दोस्रो, चिली तेस्रो र कोलम्बिया चौथो स्थानमा रहेको छ भने पेरु पाचौ स्थानमा उक्लिएको छ । अब छनौट चरणको अन्तिम खेल मात्र खेल्न बाँकी छ । जसमा अर्जेन्टिनाले इक्वेडरको सामना गर्नुपर्ने छ ।  

दक्षिण अमेरिकी समुहबाट शिर्ष चार टिम सिधै छनौट हुने छन् भने पाचौ हुने टिम इन्टरकन्टिनेन्टल टिमसँग छनौट खेल खेल्नु पर्ने हुन्छ ।

अर्जेन्टिनाले छनौट चरणको अन्तिम खेल अब अक्टोबर १० मा इक्वेडरसँग खेल्ने छ । नेपाली समय अनुसार अर्जेन्टिना र इक्वेडरविचको खेल बुधबार बिहान ५:१५ बजे हुदै छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै