काठमाडौँ । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस अब करिब करिब अन्तिम चरणमा रहेको छ ।
धेरै जसो जिल्लामा विवाद र गुट उपगुटको असर देखिए पनि केहि जिल्ला र क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिश भएका छन् । कांग्रेसका ठुला नेताहरु रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला, गगन थापा, डा. सशांक कोइराला, डा. सेखर कोइराला जस्ता नेताहरु सर्वसम्मत सिफारिस हुन भने सकेनन् ।
अहिलेसम्म प्राप्त विवरण अनुसार कांग्रेसबाट सर्वसम्मत सिफारिस हुने नेताहरुको सुची यस्तो रहेको छ ।
शेरबहादुर देउवा, डडेल्धुरा
कृष्णप्रसाद सिटौला, झापा-३
प्रकाशमान सिंह, काठमाडौं-१
पूर्णबहादुर खड्का, सुर्खेत-१
नविन्द्रराज जोशी, काठमाडौं-८
विश्वप्रकाश शर्मा, झापा-१
डा. गोविन्द पोखरेल, प्युठान-१
हृदयराम थानी, सुर्खेत
मोहन आचार्य, रसुवा
टेकबहादुर गुरुङ, मनाङ
राजीवविक्रम शाह, जाजरकोट
हस्तबहादुर मल्ल, मुगु
देवकुमार थेवे, झापा-४
डिगबहादुर लिम्बु, मोरङ-१
अमृत अर्याल, मोरङ-५
तीर्थ लामा, काभ्रे-१
राजेन्द्र केसी, काठमाडौं-१०
सुरेन्द्रराज आचार्य, कपिलवस्तु-२
विरेन्द्रकुमार कनौडिया, कपिलवस्तु-३