• २०८१ बैशाख ७ शुक्रबार

बार्सिलोनालाई च्याम्पियन्स लिगबाट बर्खास्त गर्न नेइमारको अपिल, यस्तो छ कारण 

kharibot

काठमाडौँ । हालै बार्सिलोना छोडेर पिएसजी आएका नेइमार र बार्सिलोनाबीच फेरी विवाद बढेको छ । नेइमारले बार्सिलोनाले आफुलाई दिनुपर्ने लोयल्टी बोनस नदिएको भन्दै बार्सिलोनालाई च्याम्पियन्स लिगबाट बर्खास्त गर्न आग्रह गरेका छन् ।

बार्सिलोनाले नेइमारलाई दिनुपर्ने लोयल्टी बोनसको २३ मिलियन पाउण्ड रकम दिन अस्विकार गरेपछि नेइमार युरोपियन फुटबल फेडेरेशनमा गएका हुन् । नेइमारको तर्फबाट उनका वकिलले अपिल गर्दै बार्सिलोनालाई च्याम्पियन्स लिगबाट हटाउन माग गरेका छन् । 

बार्सिलोनाले भने नेइमारले क्लब छोडेकाले लोयल्टी बोनसको रकम नपाउने बताउदै आएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

युरोपियन फुटबल फेडेरेशनले भने नेइमारको सो अपिललाई अश्विकार गरेको स्पेनिश मिडियाले बताएका छन् ।

यसअघि पिएसजी गएपछि नेइमारले बार्सिलोनाका बोर्डका पदाधिकारीको आलोचना गरेका थिए ।

उनले आफु बार्सिलोनाको बोर्ड देखि निकै दुखि रहेको बताउदै उनीहरु कहिल्लै कसैको पछाडी नहुने कमेन्ट गरेका थिए । उनले बार्सिलोना क्लब त्यो भन्दा राम्रो डिजर्ब गर्ने र त्यो सबैलाई थाहा भएको बताएका थिए  । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै