• २०८१ बैशाख ८ शनिबार

तीन अर्ब ६० करोडको ट्रेजरी भोलि

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार तीन अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ । बोलकवोलको माध्यमद्वारा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि उक्त परिमाणमा ट्रेजरी बिल निष्काशन गर्नलागेको जानकारी राष्ट्र बैंकले दिएको छ ।

ट्रेजरी खरिदको लागि सोमबार अपराह्न ३ बजेसम्म आवेदन दिनुुपर्नेछ । राष्ट्र बैंकका अनुसार बिक्री गरिने कुुल ट्रेजरीमध्ये २८ दिने अवधिको तीन सय करोड र ९१ दिने अवधिको ६० करोड रुपैयाँ रहेको छ । उक्त टे«जरीको परिपक्व हुुने अवधि भने कात्र्तिक २१ गते र पुुस २५ गते तोकिएको छ ।

राष्ट्र बैंकले यसअघि पनि असोज १० गते २८ दिने अवधिको दुुई सय करोड र ९१ दिने अवधिको ५६ करोड समेत गरी कुुल दुुई अर्ब ५६ करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै