मुम्बई । बलिवुडमा पछिल्लो समय चर्चित रहेको ऋतिक रोशन र कंगना रनावतको विवाद प्रकरणमा हरेक दिन नयाँ कुरा सार्वजनिक भैरहेका छन् ।
ऋतिक रोशनले एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिदै आफु र कंगनाबीच कुनै सम्बन्ध नभएको बताएका छन् ।
अन्तर्वार्ताको क्रममा ऋतिकले क्रिस-३ फिल्म सुटिंगको क्रममा कंगना आधीरातमा आफ्नो कोठमा आएको बताउदै आफुले आफ्ना सहायकलाई भनेर उनलाई फिर्ता पठाएको बताएका छन् । उनले अहिलेसम्म एक्लै कंगनालाई नभेटेको बताउदै पेरिसमा आफुले कंगनालाई प्रपोज गरेको कुरा सत्य नभएको बताएका छन् ।
ऋतिकले कंगनासँग सन् २००८ र २००९ मा काइट्स फिल्मको सुटिंगको क्रममा भेटेको बताउदै त्यस समयमा आफुहरु साथीको रुपमा रहेको बताएका छन् ।
कंगनाले अघिल्लो महिना ऋतिकलाई विभिन्न आरोप लगाउदै आफुलाई धोका दिएको बताएकी थिइन् । ऋतिकले आफ्नो इमेल ह्याक गरेको र पैसा र पहुँचको धम्कि दिएको आरोप लगाएकी थिइन् । दुबैको विवाद अहिले पनि अदालतमा रहेको छ ।