कंगना आधी रातमा मेरो कोठामा आएकी थिइन् – ऋतिक रोशन 

खरीबोट

मुम्बई । बलिवुडमा पछिल्लो समय चर्चित रहेको ऋतिक रोशन र कंगना रनावतको विवाद प्रकरणमा हरेक दिन नयाँ कुरा सार्वजनिक भैरहेका छन् ।

ऋतिक रोशनले एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिदै आफु र  कंगनाबीच कुनै सम्बन्ध नभएको बताएका छन् ।

अन्तर्वार्ताको क्रममा ऋतिकले क्रिस-३ फिल्म सुटिंगको क्रममा कंगना आधीरातमा आफ्नो कोठमा आएको बताउदै आफुले आफ्ना सहायकलाई भनेर उनलाई फिर्ता पठाएको बताएका छन् । उनले अहिलेसम्म एक्लै कंगनालाई नभेटेको बताउदै पेरिसमा आफुले कंगनालाई प्रपोज गरेको कुरा सत्य नभएको बताएका छन् ।

ऋतिकले कंगनासँग सन् २००८ र २००९ मा काइट्स फिल्मको सुटिंगको क्रममा भेटेको बताउदै त्यस समयमा आफुहरु साथीको रुपमा रहेको बताएका छन् ।

कंगनाले अघिल्लो महिना ऋतिकलाई विभिन्न आरोप लगाउदै आफुलाई धोका दिएको बताएकी थिइन् । ऋतिकले आफ्नो इमेल ह्याक गरेको र पैसा र पहुँचको धम्कि दिएको आरोप लगाएकी थिइन् । दुबैको विवाद अहिले पनि अदालतमा रहेको छ ।

सम्बन्धित समाचार

अक्षय कुमार र रजनीकान्तलाई कंगना र टाइगरको 'काउन्टर'

बलिउड / बहुप्रतीक्षित फिल्म २.० को प्रदर्शन मिति यसअघि नै सार्वजनिक भइसकेको छ । २.० अप्रिल महिनाको २७ तारिखका दिन हलमा लाग्ने भएको भारतीय चलचित्र क्षेत्रका एक व्यापार विश्लेषक तारन

बलिवुडमा एक्लिदै कंगना

मुम्बई । बलिवुडमा ऋतिक-कंगना विवाद विस्तारै सेलाउदै गएपनि यसका साइड इफेक्टहरु भने देखिन थालेका छन् ।  कंगनासँगको विवाद पछि ऋतिकले सार्वजनिक रुपमा कंगनाको आरोपहरुलाई अस्विकार गर्दै आफ्नो बलियो पक्ष राखे पछि

ऋतिक-कंगना विवादले ऋतिक फाइदामा, सुजानसँग बढ्दै छ निकटता 

मुम्बई । अभिनेता ऋतिक रोशन पछिल्लो महिना देखि निकै विवादमा तानिएका छन् । अभिनेत्री कंगना रनावतसँगको प्रेम प्रसंग र उनिसँगको ब्रेकअप पछिको विवादले ऋतिकलाई आफ्नो काममा धेरै असर नभएपनि व्यक्तिगत जीवनमा

कंगना आधी रातमा मेरो कोठामा आएकी थिइन् – ऋतिक रोशन 

मुम्बई । बलिवुडमा पछिल्लो समय चर्चित रहेको ऋतिक रोशन र कंगना रनावतको विवाद प्रकरणमा हरेक दिन नयाँ कुरा सार्वजनिक भैरहेका छन् । ऋतिक रोशनले एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिदै आफु र