• २०८१ बैशाख ७ शुक्रबार

बुटवल-तानसेन सडकमा १० बर्षमा ६६ जनाले ज्यान गुमाए, विकल्प खोज्न माग

kharibot

तस्बिर : खरीबोट

रुपन्देही । दुर्घटनाग्रस्त बुटवल-तानसेन सडकको विकल्प खोज्न सरोकारवालाहरुले माग गरेकाछन् । 

सरकारले सिद्धबावा क्षेत्रमा दुर्घटनाबाट भएको मानव मृत्युलाई वेवास्ता गरिरहेको भन्दै वक्ताहरुले छिटै विकल्प खोज्नुपर्ने बताए । सुरक्षित यात्रा अभियानले शनिवार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले सुरुङमार्ग, बेन्चकट प्रबिधि तथा रकनेट प्रबिधिजुनसुकै प्रयोग गरेपनि मानविय मृत्युलाई घटाउने गरी काम गर्नुपर्ने औल्याए । 

कार्यक्रममा बोल्दै सांसद सोमप्रसाद पाण्डेले सिद्धबावाको दिर्घकालीन सडकव्य वस्थापनका लागि सुरुङमार्ग सबैभन्दा उपयुक्त विकल्प भएको वताए । आफूले बिगतका वर्षदेखि संसददेखि सडक बिभागसम्म कुरा उठाईरहेको भन्दै ठोस काम हुन नसकेकोमा चिन्तित भएको वताए । उनले अबको दुई वर्षभित्र मायसको विकल्पब निछाड्ने दाबी गरे ।

कार्यक्रममा इन्जिनियर लिलाबहादुर भण्डारीले सिद्धबावामा अपनाउन सकिने सुरुङमार्ग, बेञ्चकट, रकसेट लगायतका प्रबिधीका बिषयमा जानकारी गराए । झण्डै साढे तीन किलोमिटरको जोखिमपूर्ण सडकमा बेन्चकट प्रबिधि उपयुक्त हुने उनको  सुझाव थियो । जुन प्रबिधिले सडक बनाउंदा निस्किने ढुंगा बाट मात्रै सरकारले अर्बौ आम्दानी गर्न सक्ने र सडकपनि सुरक्षित हुने वताए ।

सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेले कार्यक्रमको सहजीकरणगर्दै सिद्धबावा सडकखण्डमा १ सय १३ स्थानमापहिरो झर्ने गरेको बताउदै तिनै पहिरोमा परि पछिल्लो दशवर्षमा ६६ जनाले ज्यान गुमाएकोले सम्वेदनसिल हुन सरोकार वाला हरुलाई आग्रह गरे । 

हरेक दिन ठुलाठुला ढुंगा सहितको धुले पहिरो झरी रहने उक्त सडकखण्डको बैकल्पिकमार्ग समेत नहुदा यात्रुले सास्तीपाउदै आएकाछन् भने पछिल्लो केहि दिन यता उक्त सडकखण्डमा ३ जनाले ज्यान गुमाएका छन ।

सो अवसरमा इन्जिनियर एसोसिएसनका अध्यक्ष दुजेन्द्र बस्नेत, रोडा ढुंगाव्यवसायी गोपाल ज्ञवाली, तिनाउ गाउंपालिका अध्यक्ष ओमबहादुर राना, प्रेम पाण्डे, पदम कार्की, तिलोत्तमा व्यापार संघकाअध्यक्ष जेपी कंडेल,सुर्यबहादुर भट्टराई, लगायतले बोल्दै आर्थिक, पर्यटनमार्गका रुपमा रहेको बुटवलपाल्पा सडकखण्ड व्यवस्थापनमा तत्काल काम शुरु गर्नुपर्ने वताए । सरकारले यो सडक मर्मत बनाउन सरकारले करौड रुपैया लगानी  गरेको छ तर  सडक बिस्तार  नभई मर्मतमात्र भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै