• २०८१ बैशाख १२ बुधबार

एमाले जाजरकोटद्वारा मतदानबाट उम्मेदवार छनोट

kharibot

जाजरकोट ।  आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि नेकपा (एमाले) जाजरकोटले मतदान प्रक्रियाबाट उम्मेदवारको छनोट गरेको छ । 

करिब एक हप्तादेखि चलेको जिल्ला कमिटी बैठकबाट निर्णय हुन नसकेपछि उम्मेदवार सिफारिस गर्न मतदान प्रक्रिया अपनाइएको एमाले जाजरकोटका सचिव चन्द्रप्रकाश घर्तीले बताए । 

उनका अनुसार संघीय संसदका लागि केन्द्रीय सदस्य भैरवसुन्दर श्रेष्ठ र पूर्व सांसद गोविन्दविक्रम शाहको नाम सर्वसम्मतिले टुंगिएको हो । प्रदेशका लागि पनि दर्जन भन्दा बढी नेताले इच्छा देखाएपछि मतदानबाट निर्णयमा पुग्नुपरेको एमाले जाजरकोटका अध्यक्ष करवीर शाहीले बताए । 

बिहीबार सम्पन्न मतदानबाट प्रदेशसभाअन्तर्गत क्षेत्र नम्बर १ मा कमानबहादुर खड्का र निरज आचार्य तथा महिलातर्फ रीता रावलको नाम छानिएको उनले बताए । 

क्षेत्र नं २ बाट करवीर शाही, कृष्णवहादुर विसी र रत्नप्रसाद न्यौपानेको नाम सर्वसम्मतरुपमा टुंगिएको छ । क्षेत्र नं १ का उम्मेदवारको टुंगो लगाउन एमालेको प्रदेश तथा जिल्ला समन्वय समितिका सदस्यहरुले मतदान गरेका थिए । 

नेकपा (माओवादी केन्द्र) र एमालेबीच चुनावी तालमेलका लागि केन्द्रमा सहमति भएपछि हौसिएका एमाले नेताहरु टिकटका लागि आफ्नो आफ्नो पक्षको लविङमा लागेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै