• २०८१ बैशाख १२ बुधबार

सुषमाको १५औं एकल चित्रकला प्रर्दशनी मुम्बईमा

kharibot

मुम्बई । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ तथा हस्तकला विभागकी प्रमुख सुषमा राजभण्डारीको १५औं एकल चित्रकला प्रर्दशनी मुम्बईको प्रभाकर ठाकरे आर्ट ग्यालरीमा सुरु भएको छ ।

सो प्रदर्सनीको गत अक्टोबर ५ मा मुम्बईका ख्यातीप्राप्त कलाकार प्रिती पन्थीले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा मुम्बाईका कलाकार रुपेश पन्थी, युनिभर्सल कलेजका प्रिन्सिपल डा. शिवदत्त ज्ञवाली,भरत गिरि,फत्ते बहादुर के.सी तथा विभिन्न गन्यमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो । प्रर्दशनी ५ देखि ७ अक्टोबर २०१७ सम्म रहनेछ ।

कार्यक्रममा प्रिती पन्थीले कलाकार सुषमा राजभण्डारीको एकल चित्रकलाको उद्घाटन गर्न पाउनु खुशी लागेको र दुवै देशको आपसी सम्वन्धलाई अझ मजबुत तथा गहिरो सम्वन्ध रहेको बताइन् । यसले दुबै देशका कलाकारहरुलाई आपसी सद्भाव तथा आत्मियता रहेको र कलाकारहरुलाई विश्वले नै सम्मान गर्ने जानकारी गराइन् ।  

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ तथा हस्तकला विभागकी प्रमुख सुषमा राजभण्डारीले आफ्नो १५औं एकल चित्रकलाको प्रर्दशनी मुम्बाईको प्रभाकर ठाकरे आर्ट ग्यालरीमा गर्न पाएकोमा खुशी व्यक्त गरेकी थिइन् । कलालाई चिन्नलाई कुनै भाषाको जरुदी नहुने र संसार भर नै कलाकारहरुलाई सम्मान गर्ने गरेको बताउदै उनले यो प्रर्दशनीले दुवै देशका कलाकारहरुलाई प्रेरणा मिल्नेछ र आपसी सद्भावलाई कदर गर्ने बताइन् ।   

कलाकार रुपेशले नेपालका ख्यातीप्राप्त कलाकार सुषमा राजभण्डारीको एकल चित्रकलाको प्रवन्ध गर्न पाएकोमा खुशी व्यक्त गर्दै चाडै नै नेपालमा हुन लागेको अन्र्तराष्ट्रिय कार्यशालामा भाग लिन नेपाल आउन लागेको जानकारी दिए । यो कार्यक्रमले दुवै देशका कलाकारहरुलाई हौसला मिल्ने उनले बताए ।

युनिभर्सल कलेजका पिन्सिपल डा.शिवदत्त ज्ञवालीले कलाकार सुषमा राजभण्डारीको एकल चित्रकला प्रर्दशनीमा उपस्थित हुन पाउनु नै गौरवको कुरा हो र कलाकार सुषमा राजभण्डारीको यस अगिका विभिन्न एकल र सामुहिक चित्रकला प्रर्दशनी हेरि सकेको र यो प्रर्दशनीमा कलाकार सुषमा राजभण्डारीले अझ गहिरो अध्ययन गरेर कला सृजना गरेको भन्दै नेपालमा मात्र ख्यातीप्राप्त कलाकार नभएर संसारभरमा नै आफ्नो कलाको माध्यमले आफ्नो र आफ्नो देशको समेत पहिचान गराउने कलाकार सुषमा राजभण्डारी भएको बताए । 

 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै