बिटक्वाइन व्यवसाय सञ्चालन गर्ने सात पक्राउ

खरीबोट

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिटक्वाइन नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा सातजनालाई पक्राउ गरेको छ । 

ब्युरोबाट खटिएको टोलीले बिटक्वाइन व्यवसाय सञ्चालन गरेको आरोपमा बुधबार काठमाडौँ र चितवनका विभिन्न स्थानबाट सातजनालाई पक्राउ गरेको हो । 

पक्राउपर्नेमा सिन्धुलीका ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीका माधव खनाल, काठमाडौँका प्रशान्तप्रताप शाह, नुवाकोटका बिन्दा ढकाल, सिन्धुपाल्चोकका मिङमार तामाङ, ललितपुरका दमन बस्नेत र रुपन्देहीका मनिषकुमार गिरी रहेका छन् । 

ब्युरोले आज पत्रकार सम्मेलन गरी बिटक्वाइनको व्यापार नेपालमा बन्देज गरेको अवस्थामा पैसा कमाउने नाममा अवैध व्यापार गरेकाले पक्राउ गरिएको जानकारी दिएको छ । 

सम्मेलनमा ब्युरोका प्रमुख पुस्कर कार्कीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को बर्खिलाप हुनेगरी बैंकको निर्देशनविपरीत गैरकानुनीरुपमा उक्त व्यवसाय सञ्चालन गरेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको बताए । “राज्यलाई आम्दानी हुने राजश्वमा यस्तो व्यवसायले घाटा पु¥याउँछ”– प्रमुख कार्कीले भने । 

पक्राउ परेकालाई आजै काठमाडौँ जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान कार्यको थालनी गरिसकिएको पत्रकार सम्मेलनमा प्रमुख कार्कीले बताउनुभयो । बिटक्वाइन व्यवसायमा संलग्न व्यक्तिलाई ब्युरोले पहिलोपटक नियन्त्रणमा लिएको हो । 

बिटक्वाइन व्यवसाय के हो ? 

बिटक्वाइन व्यवसाय एकप्रकारको नेटवर्किङ व्यवसाय हो जुन व्यवसायमा सामाजिक सञ्जाल विशेषगरी इमेल, इन्टरनेट, फेसबुकमार्फत पैसाको कारोबार गरिन्छ । यो एक विश्वव्यापी डिजिटल भुक्तानी प्रणाली हो । यो भर्चुअल पैसा हो । 

यस्तो व्यवसायमा लाग्ने गिरोहले नेटवर्कका माध्यमबाट बिटक्वाइनको कारोबार गर्ने गर्दछन् । यसरी गैरबैंकिंङ  प्रणालीबाट व्यवसाय गर्दा राज्यको राजश्वमा कमी हुन गई देशको अर्थतन्त्र नै धरासायी हुने अवस्था आउँछ । 

बिटक्वाइन व्यवसाय नेपालमा सन् २०१३ देखि भित्रिएको र हालसम्म ८÷१० लाख डलरसम्मको कारोबार भइसकेको प्रहरीले जनाएको छ । 

बिटक्वाइन व्यवसायमा दोषी ठहरिए बिगो जफत गरी बिगोको तीनगुणा जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने कानूनी प्रावधान रहेको छ । 

सम्बन्धित समाचार

बालकमाथि बन्दुक प्रहार गर्ने तीन अभियुक्त सार्वजनिक

सल्लेरी, सोलुखुम्बु ।  भरुवा बन्दुक प्रहार गरेको घटनामा संलग्न तीन जना अभियुक्तलाई आज सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पत्रकारसम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।  सार्वजनिक हुनेमा दूधकौशिका गाउँपालिका–९ का २८

चार जना मानव तस्कर पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चार जना मानव तस्करहरुलाई पक्राउ गरेको छ । नेपाली युवालाई भिजिट भिसा (घुम्ने प्रवेशाज्ञा)मा दुवई लगी अलपत्र छाड्ने चार जनालाई राजधानी काठमाडौंबाट आइतबार

बृद्ध भत्ताको रकम लिएर जुवा खेल्ने वडा अध्यक्ष पक्राउ 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ का वडाध्यक्ष चित्रबहादुर तामाङलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवा खेलिरहेका तामाङलाई सोमबार राति अँधेरीमा रहेको जुवाखालबाट १

मार्कसिट बनाई बेच्ने सञ्जालका सदस्य पक्राउ

कलैया । विभिन्न तहको नक्कली लब्धाङ्क पत्र (मार्कसिट) बनाएर बेच्ने सञ्जालका एक सदस्यलाई पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।  एसएलसी परीक्षको नक्कली लब्धाङ्क पत्र र अन्य कागजातसमेत तयार गरी