• २०८१ बैशाख ८ शनिबार

ड्रेस नमिलेपछि ऐश्वर्याले गरिन् सुटिंग नै रद्ध   

kharibot

मुम्बई । बलिवुड अभिनेत्री ऐश्वर्या राय बच्चनले आफ्नो रोल अनुसारको ड्रेस नमिले पछि फिल्मको सुटिंग गर्न अस्विकार गरेकी छन् । 

डच फिल्म एभ्रिबडी फेमसमा आधारित ‘फन्ने खान’ फिल्मको सुटिंगमा ऐश्वर्यको ड्रेस नमिले पछि सुटिंग नै नभएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अक्टोबर ६ र ७ मा ऐश्वर्याले सुटिंग गर्ने सेड्युल भएपनि ड्रेसका कारण सुटिंग नै नभएको बताइएको छ ।

राकेस ओम प्रकास मेहराले निर्माण गर्न लागेको यस फिल्मको ड्रेस डिजाइनर चर्चित मनिष मलहोत्रा रहेका छन् ।  

यस फिल्ममा ऐश्वर्या पप स्टारको भूमिकामा रहेको तर मनिषले ऐश्वर्याको लागि ड्रेस भारतीय सस्कृति अनुसार बनाएकोले ऐश्वर्याले सुटिंग गर्न अस्विकार गरेको बताइएको छ । 

फिल्ममा ऐश्वर्या रायका अलावा अनिल कपुर र राजकुमार राव प्रमुख भूमिकामा छन् । फिल्म आउदो अप्रिल १३ मा रिलिज हुदै छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै