• २०८१ बैशाख ५ बुधबार

नेइमार किन्न पिएसजीले बुझाएको रकम बुझ्न ला लिगाद्वारा अस्वीकार  

kharibot

नेइमार

काठमाडौँ, ला लिगाले नेइमार किन्दा पिएसजीले दिएको १९८ मिलियन पाउण्डको भुक्तानी अश्विकार गरेको छ ।

पिएसजीका स्पोर्ट्स वकिलले स्पेनिस लिगमा विहिबार जम्मा गरेको भुक्तानी वापतको चेक अश्विकार गरिएको स्पेनिस ला लिगाले जनाएको छ । ला लिगाले फ्रेन्च क्लब पिएसजीको फाइनान्सियल फेयर प्लेमा शंका गर्दै रकम नबुझेको स्पेनिस मिडियाले उल्लेख गरेका छन् ।

ला लिगाका अध्यक्षले वकिलले ट्रान्सफर रकम वापतको चेक जम्मा हर्न खोजेपनि हाललाई अश्विकार गरिएको विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् । यससँगै नेइमारको पिएसजी जाने समय शुक्रबारसम्मका लागि रोकिएको छ । शनिबार देखि सुरु हुने फ्रेन्च लिगमा सहभागी हुन् नेइमार शुक्रबारसम्म पिएसजी पुग्ने बताइएको छ । 

ला लिगाका अध्यक्ष जाभियर टेबासले पिएसजीको यो केस फाइनान्सियल डोपिंग भएको उल्लेख गर्दै रकम स्वीकार गर्न नसक्ने बताएका छन् ला लिगाले फ्रेन्च क्लब पिएसजीको फाइनान्सियल फेयर प्लेमा शंका गर्दै रकम नबुझेको स्पेनिस मिडियाले उल्लेख गरेका छन् ।

उनले पिएसजीको आम्दानी रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडको भन्दा बढी देखिएको भन्दै यो सम्भव नभएको बताएका छन् ला लिगाले फ्रेन्च क्लब पिएसजीको फाइनान्सियल फेयर प्लेमा शंका गर्दै रकम नबुझेको स्पेनिस मिडियाले उल्लेख गरेका छन् ।

स्पेनिस कानुन अनुसार खेलाडीको बाइ आउट शर्तमा तोकिएको रकम ला लिगामा जम्मा गर्नासाथ खेलाडीको सबै रकम स्थानान तरण गर्नुपर्ने हुन्छ । तर बार्सिलोना क्लब पनि पिएसजीलाई सजिलै त्यो गर्न दिने पक्षमा देखिदैन । बार्सिलोनाले पनि फुटबल अथोरिटीले पिएसजीले कसरी त्यत्रो रकम जम्मा गर्यो त्यो छानविन हुनुपर्ने बताएको छ । 

मिडिया रिपोर्टसका अनुसार यो प्रकरण पछि नेइमारको पिएसजी आगमनलाई कुनै असर नगर्ने बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै