काठमाडौँ । यस बर्षको नोबेल शान्ति पुरस्कार गैरसरकारी संस्था 'अन्तर्राष्टिय क्याम्पियन टु एबोलिस न्युक्लियर विपन (आइक्यान)' लाई प्रदान गरिएको छ ।
विश्वबाट परमाणु हतियार नष्ट गर्ने उद्धेश्यबाट संचालन गरिएको गैरसरकारी संस्था आइक्यानलाई यस क्षेत्रमा गरेको कामको मुल्यांकन गर्दै यस बर्षको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको आयोजकले जनाएका छन् ।
आइक्यान २००७ मा अस्ट्रेलियाको मेलवर्नमा स्थापित गरिएको गैरसरकारी संस्था हो । यसको केन्द्रिय कार्यालय स्विटजरल्याण्डमा रहेको छ भने हाल संसारभरका १०१ देशमा ४६८ संस्थासँग आइक्यानले काम गरिरहेको छ ।