• २०८१ बैशाख ५ बुधबार

आफ्नो अस्तित्व रक्षाका लागि राजनीतिमा आए - पुर्वडिआइजी नवराज सिलवाल

kharibot

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर एमालेमा प्रवेश गरेका पुर्वडिआइजी नवराज सिलवालले राजनीतिले आफ्नो जीवनमा हस्तक्षेप गरेको बताएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै सिलवालले आफ्नो अस्तित्व रक्षाका लागि आफु राजनीतिमा आएको बताउदै इमान्दार भएर काम गरिरहेको व्यक्ति भएकाले राजनीतिमा बाध्य भएर आउनु परेको बताए ।

आफु अन्यायमा परेर अदालत गएको जानकारी दिदै आफुले राजनीति बुझेको र पिडामा परेका सबैको प्रतिनिधि पात्रको रुपमा आफु एमालेमा आएको बताए ।

पुर्वडिआइजी सिलवालले एमाले आदर्श, भिजन र मुलुकलाई दिशा दिने पार्टी भएकाले आफु एमालेमा आएको बताउदै मुलुकको लागि केहि गरौ भन्ने वातावारण एमालेमा आफुले देखेर नै यस पार्टीमा आएको बताए ।

एमाले र माओवादी केन्द्रबिचको एकता ऐतिहासिक भन्दै यसले राजनीतिलाई स्थायित्व प्रदान गर्ने सिलवालले बताए ।  
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै