• २०८१ बैशाख ७ शुक्रबार

भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायद्वारा राजीनामा

kharibot

काठमाडौं । भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायले राजीनामा दिएका छन् ।

आगामी मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेससभाको निर्वाचनमा सहभागी हुन राजदूत उपाध्यायले राजीनामा दिएका हुन् । 

कपिलवस्तुको क्षेत्र नम्बर १ बाट कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फ उम्मेद्वार हुने तयारी स्वरुप उनले राजिनामा गरेका हुन् । उपाध्याय क्षेत्र नम्बर एक बाट सिफारिसमा समेत परिसकेका छन् । यसअघि  २०७० को संबिधान सभाको निर्वाचनमा उपाध्याय एमालेका बलराम अधिकारीसँग पराजित भएका थिए ।

स्व.सुशील कोइरालाको प्रधानमन्त्रीकालमा भारतका लागि नेपाली राजदूत नियुक्त भएका उपाध्यायलाई केपी ओली सकारले फिर्ता बोलाईदा निकै विवाद भएको थियो ।
ओली पछि गठन भएको कांग्रेस-माओवादी सरकारले एक वर्षअघि उपाध्यायलाई भारतकै लागि नेपाली राजदूतमा पुनः नियुक्त गरिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै