• २०८१ बैशाख १३ बिहीबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण स्थगित 

kharibot

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ ।

प्रदेश र संघीय चुवना नजिकिदै जाँदा ‘अप्रत्याशित’ रूपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण हुनु नै मोदीको भ्रमण स्थगितको प्रमुख कारण मानिएको छ । 

भारतीय प्रधानमन्त्री मोदी संखुवासभा स्थित अरुण तेस्रो जलविद्युत परियोजना शिलान्यासका लागि यही असोज २८ गतेदेखि दुई दिन नेपाल भ्रमणमा आउने तयारीमा रहेका थिए ।

वाम तालमेलपछि बुधबार भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग भेटेका भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायसँग मोदीको नेपाल भ्रमण तत्कालका लागि स्थगन गर्ने प्रस्ताव स्वराजले गरेकी थिइन् ।

संसदको अन्तरराष्ट्रिय समितिले छलफलका लागि बोलाए पछि विहिबार काठमाडौँ आएका उपाध्यायले पछिल्लो राजनीतिक घटनाक्रमका कारण मोदीको भ्रमण तत्काल नहुने बताएका छन् ।

तर परराष्ट्रमन्त्रालयका अधिकारीहरुले भने भ्रमण स्थगनबारे आफुहरुलाई कुनै आधिकारिक जानकारी नआएको र मन्त्रालय भ्रमणको तयारी गरिरहेको बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै