• २०८१ बैशाख १४ शुक्रबार

भरतपुर प्रकरणको टुंगो आजपनि लागेन, अर्को पेशी विहिबारलाई तोकियो

kharibot

भरतपुर प्रकरणको सर्वोच्चमा जारी सुनुवाई विहिबारसम्मका लागि स्थगित भएको छ न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलाशमा तोकिएको उक्त मुद्दालार्इ हेर्दाहेर्दैमा राख्दै अर्को पेशी पेशी साउन १२ गते विहिबारलार्इ तोकिएको हो ।

सोमबार निर्वाचन आयोगको तर्फबाट महान्यायधिवक्ता रमण श्रेष्ठ, उपमहान्यायधिवक्ता घनश्याम अझा, सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीलगायतले बहस गरेका थिए । मुद्दाको विपक्षमा बहस गर्दै उनीहरूले पुनः निर्वाचन गराउने निर्वाचन आयोगको निर्णय सहि भएको जिकिर गरेका थिए ।

यसअघि आइतबार रिट निवेदकका तर्फबाट अधिवक्ताहरू चन्द्रकान्त ज्ञवाली, विजयकान्त मैनाली, हरि उप्रेती, बाबुराम दाहाल, हरि फुयाँल, खिमलाल देवकोटा तथा गोविन्द बन्दीले बहस गरेका थिए ।

भरतपुर महानगरपालिका वडा नं १९ मा मतपत्र च्यातिएपछि पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोही वडाका एमालेका स्थानीय नेता गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै