इन्टरनेट विस्तारका लागि संकलित रकम परिचालन हुन सकेन

खरीबोट
ad

बाबियाचौर, म्याग्दी ।  म्याग्दीका सबै बस्तीमा अत्याधुनिक सूचना प्रविधिको पहुँच पु¥याउने योजनाका लागि प्रवासीले संकलन गरेको लाखौँ रकम परिचालन हुन सकेको छैन । 

लगानीको अभावमा कतिपय विकास आयोजना अलपत्र परिरहेको अवस्थामा जिल्ला समन्वय समिति (तत्कालीन जिविस) मार्फत अघि बढेको योजना कार्यान्वयन नहुँदा प्रवासी म्याग्देलीले जुटाएको रकम परिचालन हुन नसकेको हो । 

नेपालमै नमूनाको रुपमा म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्ने योजनाका लागि सहयोग जुटाउन विसं २०७२ फागुनमा तत्कालीन जिविस र प्रवासी नेपाली म्याग्देली संघ (मोना) बीच लगानी जुटाउने सम्झौता भएको थियो । 

सम्झौताअनुसार विश्वका विभिन्न देशमा रहेका म्याग्देलीमार्फत रु ८० लाख सहयोग जुटाइए पनि योजना कार्यान्वयन अघि नबढ्दा संकलित रकम परिचालन हुन नसकेको मोनाका अध्यक्ष योगेन्द्र क्षत्रीले बताए । 

योजना कार्यान्वयन हुन नसकेपछि संकलित रकम सम्बन्धित देशमा रहेका मोनाकै खातामा थन्किएको र सहयोग संकलन अभियान स्थगित भएको उनले बताए । रु चार करोड लागत अनुमान गरिएको योजनाका लागि जिससले नेपाल दूरसञ्चार प्राधिकरण कोष र म्याग्दी प्रवासी नेपाली संघ (मोना)लाई प्रस्ताव गरेको थियो । 

कोषबाट कुल लागतको ५० प्रतिशत खर्च सहयोग हुने आशयपत्र प्राप्त भएपछि जिसस र मोनाबीच आर्थिक स्रोत जुटाउने सम्झौता भएको थियो । योजना कार्यान्वयनकै क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी लगानीमा देशका सबै जिल्लामा अप्टिकल फाइबर पु¥याउने नीति लिएपछि अघि बढ्न नसकिएको जिससले जनाएको छ । 

जिल्लाव्यापी रुपमा इन्टरनेट विस्तारका लागि तार जडित र ताररहित दुवै प्रविधिलाई उपयोगमा ल्याइने र विद्यालय, स्वास्थ्य संस्था, गाविसलगायतका सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने गरी सर्वेक्षणसमेत भएको थियो । 

इन्टरनेट विस्तार योजनाका लागि संकलित रकम कुन क्षेत्रमा परिचालन गर्ने भन्ने विषयमा मोनाको आगामी महाधिवेशनमा छलफल गरी निर्णय लिइने संस्थाका महासचिव घनश्याम शाहीले बताए । 

सम्बन्धित समाचार

 चार जिल्लाका ६ सय ७५ स्थानमा टेलिकमको निःशुल्क इन्टरनेट सञ्चालनमा 

काठमाडौं । नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १ सय ८७, काभ्रेपलाञ्चोक

'फाइभजी इन्टरनेट'मा अमेरिकालाई पछि पार्दै चीन

प्रविधि । एक नयाँ अध्ययनले अर्को पुस्ताको इन्टरनेट फाइभजी प्रविधिमा चीनकै वर्चस्व रहनसक्ने देखाएको छ । अमेरिकाको ताररहित उद्योगको व्यापारिक साझेदार सीटीआईएले सोमबार प्रकाशन गरेको प्रतिवेदनअनुसार फाइभजी इन्टरनेट ल्याउने तयारीमा

हिलारी क्लिन्टनको ‘झूटो सेक्स भिडियो’ले इन्टरनेटमा तहल्का पिटेपछि ... 

एजेन्सी । वेबका विषयवस्तुहरुको रेटिङ तथा यसबारे विश्लेषण गर्ने अमेरिकी वेबसाइट रेडिटले आफ्ना ९ सय ४४ वटा एकाउन्टमाथि प्रतिबन्ध लगाएको छ । यसमा चर्चित डेमोक्र्याट तथा गत राष्ट्रपतीय निर्वाचनकी पराजित प्रतिस्पर्धी

इन्टरनेट हेरेर ‘भगवान्’ बनाउँछन् दिनेश

भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–७ सिमलफाटाका ३१ वर्षीय दिनेश विक परिवारको कमजोर आर्थिक हैसियतका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित भए ।  एसएलसी पढ्दै गर्दा अध्यापन प्रभावित भएपछि इन्टरनेटको सहारामा विभिन्न कलात्मक