• २०८१ बैशाख १२ बुधबार

वरिष्ठ डा. गोविन्द केसी फेरी अनशनमा 

kharibot

काठमाडौं । वरिष्ठ डा. गोविन्द केसी फेरी अनशन बसेका छन् ।

केदारभक्त माथेमा कार्यदलले दिएको सुझाव समेटेर चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने लगायतका ४ बुँदे माग राखेर त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले बिहीबार ५ बजेदेखि आमरण अनसन सुरु गरेका हुन् । 

गत असोज ९ गते आमरण अनसन सुरु गरेर ३ दिनमा स्थगित गरेका केसीले आफूहरुको माग पूरा गर्न प्रधानमन्त्रीले आश्वासन दिए पनि पूरा नभएकाले फेरि अनसन बस्न लागेको बताएका छन् । 

कात्तिक ५ गतेदेखि संसदको अवधि सकिने भएकाले त्यतिबेलासम्म माथेमा कार्यदलको सुझाव अनुसार चिकित्सा शिक्षा विधेयक परिमार्जन गरी पारित गर्न दबाब दिन अनसन बस्न लागेको केसीले जनाएका छन् । 

'विद्यमान संसदको अवधि अब निकै कम भएकाले पनि समयमै सही रुपमा ऐन पारित गर्नु अहिले आएर झनै महत्वपूर्ण हुन पुगेको छ। त्यसैले हाम्रा मागहरु पूरा गर्नका लागि हामीले पटक पटक दिएको अल्टिमेटममा मागहरु पूरा नभएकाले तथा सत्याग्रहको पछिल्लो कार्यक्रमपछि हामीलाई भेटेर प्रधानमन्त्रीले दिएको माग पूरा गर्ने आश्वासन समेत पूरा नभएकाले आज दिनको ५ बजेदेखि सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छु' केसीले आफ्नो विज्ञप्तिमा भनेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै