साहित्य चौतारीबाट राष्ट्रकवि अभिनन्दित

खरीबोट
ad

काठमाडौँ । साहित्य चौतारी (झापा) ले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आज अभिनन्दन गर्यो । 

राष्ट्रकवि घिमिरेको लैनचौरस्थित निवासमा पुगेर सो संस्थाका अध्यक्ष टंक काफ्ले ‘विकल्प’ सहितका साहित्यकारले अभिनन्दन गरेका हुन् । कवि घिमिरेको ९९औँ जन्म वर्ष र विजयादशमीको कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजित कार्यक्रममा उनले उपस्थित स्रष्टा र सञ्चारकर्मीलाई टीका लगाई आशीर्वाद दिएका थिए । 

राष्ट्रकवि घिमिरेले टाढादेखि साथीहरु आएर पूर्णिमाको दिनमा यस्तो कार्यक्रम राखेकामा आफ्नो आँगन मंगल भएको र आफू रोमाञ्चित भएको बताए । 

कार्यक्रममा राष्ट्रकविका केही लोकप्रिय गीत र कविता वाचन गरिएको थियो । 

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले घिमिरेका रचनाले राष्ट्रिय भावनाको आवाज बोकेको र यो उमेरमा पनि उनको सक्रियताले साहित्य क्षेत्रले गौरवबोध गरिरहेको बताए । उनले कविवरको शताब्दी जन्मोत्सवलाई वर्षभरि मनाउन विभिन्न कार्यक्रम गरिने जानकारी दिए । 

झापामा विसं २०५६ मा स्थापित सो संस्थाको राष्ट्रकवि घिमिरेले नै उद्घाटन गरेका थिए । 

सम्बन्धित समाचार

राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरी बिरामी, ग्राण्डि अस्पतालमा उपचार हुदै 

काठमाडौं ।  राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि बिरामी परेका छन् । स्वास्थ्य समस्या देखिए पछि उनलाई धापासीस्थित ग्राण्डि अस्पतालमा फेरि भर्ना गरिएको छ । उनलाई निमोनिया भएको अस्पतालले जनाएको छ । राष्ट्रकवि

राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचारपछि शनिबार स्वदेश फर्किदै

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भारतमा उपचारपछि शनिबार स्वदेश ल्याइँदैछ ।  नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा स्वस्थ्य भएपछि उनलाई स्वदेश ल्याउन लागिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिएकी छन् । “भारतमा उपचारमा

 राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थमा सुधार, क्याबिनमा सारियो

काठमाडौँ ।  राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आजदेखि क्याविनमा सारिएको छ ।  उनको स्वास्थ्यमा सुधार आएपछि उच्च हेरविचार एकाइ (हाइकेयर युनिट) बाट आज क्याविनमा सारिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिईन । उनले भनिन्, “अहिले उहाँको

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगियो

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आज थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ ।  उनको सानो आन्द्राबाट आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा नै थप उपचारका लागि नयाँ दिल्लीस्थित मेहान्त अस्पतालमा