• २०८१ बैशाख ७ शुक्रबार

जाजरकोट काँग्रेसमा सर्वसम्मत उम्मेदवार सिफारिस

kharibot

काठमाडौँ  ।  नेपाली काँग्रेस जिल्ला कार्य समिति जाजरकोटले आगामी निर्वाचनका लागि पार्टीका तर्फबाट सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ । 

आगामी मंसिरमा हुने सङ्घ र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नामावली सर्वसम्मत रुपमा टुङ्गो लगाई केन्द्रीय कार्यालयमा बुझाएको जिल्ला सभापति दीपकजंग शाहले जानकारी दिए । 

एक मात्र निर्वाचन क्षेत्र भएको जाजरकोटमा पार्टीको जिल्ला कार्य समिति बैठकले सङ्घमा राजीवविक्रम शाह तथा प्रदेशमा वेदराज सिंह र दीपकजंग शाहको नाम सिफारिस गरेको हो । 

काँग्रेसमा निर्वाचनका लागि उम्मेदवार चयन गर्न चुनौती देखिने गरेको सन्दर्भमा जाजरकोट कार्यसमितिले अन्य जिल्ला कार्यसमितिलाई सकारात्मक सन्देश दिने गरी सर्वसम्मत निर्णय गरेको सभापति शाहले बताए  । 

राजधानीमा भेटिनुभएका सभापति शाहले मुलुकमा वामपन्थी शक्तिहरु एक हुन लागेको वर्तमान राजनीतिक परिस्थितिमा काँग्रेसजन मात्र होइन सम्पूर्ण लोकतान्त्रिक शक्ति एक ढिक्का भएर निर्वाचनमा होमिनुपर्ने बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै