• २०८१ बैशाख ६ बिहीबार

डा. गोविन्द केसी आजबाट फेरी अनसन बस्दै

kharibot

काठमाडौं । चिकित्सा शिक्षा सुधारको मुख्य माग राख्दै १२ पटकसम्म आमरण अनसन बसिसकेका डा. गोविन्द केसी आजबाट फेरी अनसन बस्दै छन् ।

संसदमा विचाराधीन अवस्थामा रहेको चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर  पास गर्न खोजिएको भन्दै केसी अनसन बस्न लागेका हुन् ।

यसअघि गत असोज ९ गतेदेखि आमरण अनसन सुरु गरेका उनले दशैंको लागि भन्दै ११ गते फुलपातीको दिन अनसन स्थगित गरेका थिए । 

डा. केसीले आज ४ बजेबाट अनसन सुरु गर्ने भएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै