• २०८१ बैशाख ६ बिहीबार

वैकल्पिक शक्ति निर्माणबाट सुर्यको शरणमा किन गए डा. बाबुराम भट्टराई ? 

kharibot

काठमाडौँ । कमरेड लालध्वजको जनयुद्धकालिन पुरानो हैसियतमा डा. बाबुराम भट्टराइको पुनरागमन कर्म असोज १७ मा सम्पन्न भएको छ । उनले सो दिन दुई ठूला वाम दल एमाले र माओवादीको पार्टी एकता घोषणा सभामा आफूलाई पनि अन्तिम समयमा सामेल गरे । वाम दलको एकता घोषणा सभामा उनले छोटो तर चोटिलो भाषण गर्दै ऐतिहासिक आवश्यकताले आफूलाई वाम एकताको बिन्दुमा फर्काएको दाबी गरे । 

लालसलामकै पुरानो अभिवादनसहित मन्चमा पुगेका उनले पूर्वसहकर्मी प्रचण्डसँग एकताको हात मिलाईरहदा केही लामै समय हात मिलाईरहे । श्रीमति हिसिला यमी र सहयात्री करिष्मा मानन्धरसहित वाम दलको एकता घोषणा सभामा पुगेका  डा. बाबुरामको अनुहारमा ईतिहासकै सबैभन्दा उन्मुक्त खुसी र संतोषको अनुभुति रहेको स्पष्टै झल्कन्थ्यो ।

वाम पार्टी एकता सभामा एमाले अध्यक्ष केपी ओलीले डा. बाबुरामबारे फेरि अर्को खुलाशा गरे । आगामी मंसिर १० र २१ का प्रदेश र संसदको चुनावमा बाबुराम सूर्य चिन्हबाट चुनाव लड्ने घोषणा गर्दा मन्चमा बसेका डा. बाबुराम झनै बढी मख्ख देखिए । जसरी राजपाका ह्दयस त्रिपाठीहरु सूर्यछापवाला बने, त्यसैगरी नयाँ स्वरुपमा डा. बाबुरामहरु पनि अन्ततः सूर्यछापवाला नै बने । कोमल वलीहरु अस्ति नै सूर्यछाप कमेरड बनिसकेका हुन ।

डा. बाबुरामको यो पछिल्लो एमालेकृत अवतारी स्वरुपले देशमा नयाँ वैकल्पीक शक्तिको आवश्यकता र औचित्य झनै टडकारो हुदै गएको र त्यसबाट आफूहरु झन उत्साही भएको प्रतिक्रिया साझा विवेकशील दलले दिएको छ । नयाँ वैकल्पिक शक्ति निर्माण अभियानबाट डा. बाबुरामहरु भाग्नुले नयाँ शक्ति निर्माणको मैदानमा अब साझा विवेकशील दल मात्रै एक्लो धावक बनेको छ । उसका लागि यो सुखद अवसर नै हो । साथमा कम्तिमा कम्युनिष्टहरुले नयाँ विकल्प दिन सक्दैनन् भन्ने स्थापित नयाँ मान्यता पनि साझा विवेकशील दलका लागि मिलेको नयाँ उर्जा भएको छ ।

नयाँ वैकल्पिक शक्ति निर्माण अभियानबाट डा. बाबुरामहरु भाग्नुले नयाँ शक्ति निर्माणको मैदानमा अब साझा विवेकशील दल मात्रै एक्लो धावक बनेको छ । उसका लागि यो सुखद अवसर नै हो ।

वास्तवमा साझा विवेकशीलले भने जस्तै नयाँ शक्ति बनाउने करीब २ वर्षे अभियानमा फेल भए पछि नै बाबुराम अन्ततः कामरेडी राजनीतिक कर्म र धर्ममा नै सूर्यछाप भएर फर्केका छन । यो कहिल्यै विद्यार्थी जीवनमा दोस्रो नभएका बाबुरामको वैकल्पिक राजनीतिक निर्माणको परीक्षामा मिलेको पराजय नै हो । उनी शतप्रतिशत फेल भएकै हुन । संभवतः उनको जीवनको सबैभन्दा कमजोर र विफल पक्ष पनि यही हो ।

मर्नुभन्दा बौलाउनु ठीक भन्ने भनाई जस्तै नयाँ शक्तिका रुपमा राजनीतिक जीवनलाई अकालमा धुलीसात पार्नुभन्दा बरु वाम एकताको छातामुनी वामधारमा नै फर्केर गुमेको राजनीतिमा फर्कने बाठो चाल चालेर नै उनी वाम एकतामा सामेल भएका हुन । भारतीय मित्र मानिने ह्दयेश त्रिपाठी र डा बाबुरामहरु सूर्य चुनाव चिन्हबाट चनाव लडन एकै समयमा एकै शैलीले वाम एकताको व्यानरमुनी तयार हुनु र त्यसमा भारतले जन्माए, हुर्काएको ठानिने माओवादी पनि सामेल हुन कस्तो वाम एकता हो भन्ने रहस्य खुल्न त बाँकी नै छ । 

तर यसले डा. बाबुरामको ओरालो लागेको राजनीतिक यात्रा र खिया पर्दै गएको नयाँ शक्तिको शक्तिहिन दलीय स्खलनलाई भने नयाँ प्राणदान दिएको छ । अरुले हैन आफ्नै सहयोगीहरुले नै नयाँ शक्तिमा खिया पारेका थिए ।

२६ साउनमा नयाँ शक्ति पार्टीको आन्तरिक सांगठानिक जीवनमा ठूलै कम्पन आउन लागेको संकेत गरेका थिए सहसंयोजक देवेन्द्र पौडेलले । करीब ३० वर्षे राजनीतिक कोर्षमा सधै संयोजक डा. बाबुराम भट्टराईका अभिन्न सहयोगी र नयाँ शक्ति निर्माण अभियानका मुख्य एक टेको बनेका पौडेलको साथमा थिए नेताहरु महेन्द्र पासवान, बामदेव क्षेत्री, कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अनसारी, लाल किरण, शमिर्ली लामा, रत्न राणा र रविन्द्र सुनुवार लगायत । 

डा. बाबुरामको ओरालो लागेको राजनीतिक यात्रा र खिया पर्दै गएको नयाँ शक्तिको शक्तिहिन दलीय स्खलनलाई भने नयाँ प्राणदान दिएको छ । अरुले हैन आफ्नै सहयोगीहरुले नै नयाँ शक्तिमा खिया पारेका थिए ।

पार्टीको गति, मति र थिति, विधि नमिलेकोले जराबाटै समस्याको समाधान खोज्ने खबरदारी पनि पौडेलहरुले गर्दै थिए । तर नयाँ शक्तिको मक्काउदै गएको आन्तरिक एकतामा जब पौडेलहरुको मागमा २४ घण्टे स्पष्टीकरणको डण्डा बर्षाए संयोजक डा. भटटराईले, तब नयाँ शक्तिको आन्तरिक कम्पन भाद्र २ मा सुनामी शैलीमा असरल्ल भयो । 

असंतुष्टहरुले नेतृत्वलाई स्पष्टीकरण होईन, हामी पनि केही भन्दा कम छौनौं भन्ने शैलीमा नयाँ शक्ति पार्टी्भित्र असन्तुष्ट रहँदै आएका नेताहरुले बृहत ध्रुविकरण केन्द्रीय संयोजन समिति गठन गरेर संयोजक डा. भट्टराईको कारवाहीकै प्रतिवाद गरे । देवेन्द्र पौडेलसहितका नेताहरुले बनाएको ध्रुविकरण समिति जस्तालाई त्यस्तै जवाफ मात्रै होईन, उनीहरुको माओवादी केन्द्रमा संगठित विलयको पूर्वाभ्यास पनि थियो । नभन्दै पौडेल समुह माओवादीमा विलय भयो । 

त्यसको केही दिन अघि मात्रै नयाँ शक्तिका संस्थापक मध्येका एक नेता रामचन्द्र झाले पार्टी छोड्नुका कारणबार भनेका थिए, संयोजक डा. बाबुराम नेतृत्व क्षमता नभएका असल नेता हुन । एमालेबाट माओवादीमा, माओवादीबाट नयाँ शक्तिमा र नयाा शक्तिबाट पुनः माओवादी केन्द्रमा फर्केको घुमन्ते रामचन्द्रको टिप्पणीलाई सही पुष्टि गर्ने गरी नै सहसंयोजक पौडेलको  भदौरे याममा मुलघर फिर्ती भएको थियो । 

आफ्नो झण्डै १८ महिनाको प्रधानमन्त्रीत्व कालमा राजनीतिक सल्लाहकारका रुपमा साथ लिएका नेता पौडेलले नै कार्यदिशाको मामलामा संयोजक भट्टराईमाथि उठाएको चोरऔला माक्र्सवादका नेपाली व्याख्याता डा.. भट्टराईमाथि चानचुने आरोप पनि थिएनन् । नीतिगत रुपमा नै नयाँ शक्ति न यता न उता भएको छ भन्ने पौडेलहरुको आरोपले संयोजक डा. बाबुरामको पार्टीको सैद्धान्तिक धारको औचित्य माथि नै धाबा थियो ।

नयाँ शक्तिमा छोड्नेहरुको होईन, बस्नेहरुको मात्रै सूचि बनाउन सजिलो हुदै गएको क्रम वर्षायामको पहाडीपहिरो जस्तै निरन्तर रहयो । रामेश्वर खनालदेखि सरोज खनाल, मुमाराम खनालदेखि रामचन्द्र झाहरुको बाईबाई र  खिमलाल देवकोटा वा देवेन्द्र पौडेलहरुसम्मको समुहको बर्हिगमनले नयाँ शक्तिका संयोजकका लागि सांगठानिक स्खलनका सुनामी मात्रै ल्याएन अन्ततः संयोजक डा. बाबुरामलाई नै पुनः वामपन्थी कमरेडमा फर्कायो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै