• २०८१ बैशाख ७ शुक्रबार

वाम एकताको सेयर बजारमा नकारात्मक असर, आज २७ करोड ९७ लाखको कारोवार 

kharibot

काठमाडौ । देशका प्रमुख दलहरु नेकपा एमाले, माओवादी केन्द्र तथा नयाँ शक्तिले चुनावी तालमेल सहित पार्टी एकीकरण गर्ने घोषणाको अर्को दिन सेयर बजारमा नकारात्मक असर परेको छ ।

अघिल्लो दिन बढेको नेप्से सुचक तथा कारोवार रकम आज भने घटेको छ । आज नेप्से १३ दसमलव सात अंकले घटेर १५ सय ४२ दसमलव ६५ बिन्दुमा पुगेको छ भने सेन्सिटिभ तीन दसमलव १४ अंकले घटेर तीन सय २३ दसमलव ८७ अंकमा कायम रहेको छ ।

कुल एक सय ४४ कम्पनीहरुको २५ सय १९ वटा कारोवारमा छ लाख ६० हजार ४३ कित्ता सेयर खरिद बिक्री हुदा कारोवार रकम २७ करोड ९७ लाख ५२ हजार आठ सय ६० रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज कुल नौ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक बढेको छ भने बाँकी समुहको सुचक घटेको छ । बाँणिज्य बैक समुहको सुचक १७ दसमलव ४७ अंकले घटेर १३ सय ३२ दसमलव ५१ अंकमा कायम रहेकोमा ११ करोड २९ लाख ८५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकास बैक समुहको सुचक २२ दसमलव आठ अंकले घटेर १९ सय नौ अंकमा कायम रहेकोमा पाँच करोड २९ लाख ६८ हजार चार सय रुपैयाँको कारोवार भएइको छ ।

यसैगरी बीमा समुहको सुचक पनि ३५ दसमलव २३ अंकले घटेर आठ हजार चार सय ५८ दसमलव ३५ अंकमा कायम रहेकोमा पाँच करोड ७८ लाख ३७ हजार चार सय रुपैयाँको कारोवार भएको छ । जलबिद्युुत समुहको सुचक पनि २७ दसमलव ५७ अंकले घटेर १८ सय ३० दसमलव ८१ अंकमा कायम रहेकोमा दुई करोड ६१ लाख ८२ हजार दुई सय रुपैयाँको कारोवार भएको छ ।

ट्रेडिङ र फाईनान्स समुहको सुचक पनि घटेकाछन  । आज होटल, उत्पादनमुलक र अन्य समुहको सुचक भने सामान्य अंकले बढेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको दिव्येश्वरी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ चार पैसाले बढेर एक सय ५८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको नेरुडे लघुबित्त बिकास बैंकको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ ४८ पैसाले घटेर १२ सय २५ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको १९ सय ९० रुपैयाँ अन्तिम मुल्यमा एक करोड ८२ लाख २४ हजार एक सय ५० रुपैयाँको सेयर कारोवार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै