• २०८१ बैशाख ८ शनिबार

वामपंथी पार्टीहरुको एकता सत्तामुखी रहेको आशंका – विवेकशील साझा पार्टी 

kharibot

काठमाडौँ । विवेकशील साझा पार्टीले वामपंथी पार्टीहरुको चुनावी तालमेल तथा पार्टी एकता प्रयास प्रति ध्यानाकर्षण भएको जनाएको छ । 

एक विज्ञप्ति निकाल्दै विवेकशील साझा पार्टीले सानो मुलुक तर धेरै संख्यामा राजनीतिक पार्टीहरु क्रियाशील रहेको पृष्ठभूमीलाई हेर्दा उस्तै राजनीतिक विशेषता बोकेका दलहरुबीचको एकतालाई सकारात्मक रुपमा लिएको भन्दै नेपाली राजनीतिले संबोधन गर्नैपर्ने सुशासन, विकाश र संवृद्धिका मुद्धाहरुमा यो एकता प्रक्रियाले कस्तो भूमिका निर्वाह गर्न हो भन्ने कुरा अझै स्पस्ट नभएको उल्लेख गरेको छ । 

विवेकशील साझा पार्टीले विभिन्न अमिल्दा र कतिपय राजनीतिक मुद्धाहरुमा परस्पर विपरित धारणा समेत राख्दै आएका दलहरु बीचको हठात तालमेल तथा एकता प्रक्रिया मूल्य-मान्यता, संस्कार र विधिको राजनीति गर्ने दिशातर्फ होइन, पार्टीलाई शक्तिशाली र सरकार बनाउने दिशातर्फ मात्र लक्षित हो कि भन्ने देखिएको आशंका रहेको उल्लेख अग्रेको छ । 
नेपाली राजनीतिमा देखिएको भ्रष्ट्राचारी, अपारदर्शी तथा दोहनकारी चरित्रलाई अझ बलियो बनाउने संभावना बढेको छ  भने अर्कोतिर, विगतमा दलीय भागवण्डाद्धारा राज्यको दोहन गरिरहेका दलहरुको एकताले भविष्यमा पनि राज्य संचालनको तहमा अल्पतन्त्र (ओलीगार्की)लाई अझ वढि संस्थागत गर्ने जोखिम देखिएको विवेकशील साझा पार्टीले उल्लेख गरेको छ ।

आसन्न निर्वाचनको मुखैमा चाहेर वा नचाहेर वर्तमान राजनीतिक ध्रुविकरणले निम्त्याउन सक्ने राजनीतिक अस्थिरताको जोखिमलाई समेत मध्यनजर गरेर सबै राजनितिक दलहरुलाई जिम्मेवार र सतर्क रहन समेत विवेकशील साझा पार्टीले आग्रह पनि गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै