• २०८१ बैशाख ६ बिहीबार

लस भेगसमा आक्रमण गर्ने प्याडककी प्रेमिकालाई अमेरिका झिकाइयो

kharibot

लस भेगस ।  अमेरिकी सहर लस भेगसमा आइतबार राति भिषण आक्रमणगरी कम्तीमा ५९ जनाको ज्यानलिने स्टेफन प्याडककी केटीसाथीलाई अमेरिकी झिकाइएको छ । 

अमेरिकी प्रहरीले बन्दुकधारीले लस भेगसमा गरेको आक्रमणको उद्देश्य पत्ता लगाउने प्रयास जारी राखेको छ । यसै क्रममा उनलाई पनि अमेरिका झिकाइएको हो । प्रहरीले उनीहसँग आवश्यक सोधपुछ गर्ने जनाइएको छ । 

प्रहरीले भनेको छ– के कति कारणले सो आक्रमण भएको हो र त्यस आक्रमणकारीको सम्बन्ध कोसँग छ भन्ने बारेमा अनुसन्धान जारी छ, सोही क्रममा उनकी केटीसाथी मार्लाे डेन्लीसँग पनि सोधपुछ गरिने छ । 

मार्लाे हाल फिलिपिन्समा बस्दै आएकी छिन् । उनी अष्ट्रेलियन नागरिक हुन् । उनी करिब २० बर्षअघि क्यासिनोमा काम गर्नभन्दै अमेरिका पुगेको अष्ट्रेलिया सरकारले हिजोमात्र जानकारी दिएको थियो । 

आक्रमणमा प्रारम्भिक रुपमा ६४ वर्षीय अमेरिकी नागरिक स्टेफन प्याडकको प्रत्यक्ष संलग्नताको पुष्टी भएको छ । उनले लस भेगसमा आइतबार राति भएको कन्सर्ट (सांगितिक प्रस्तुती) को समयमा जम्मा भएका सयौँ व्यक्तिमाथि गोली चलाएका थिए । 

उनले चलाएको अन्धाधुन्ध गोलीबाट ५९ जनाको ज्यान गएको छ भने अरु ५०० भन्दा बढी घाइते छन् । उनी बसेको सोही होटलको ३२ औँ तल्लाबाट अत्याधुनिक बन्दुकले आक्रमण गरेका थिए । 

अमेरिकी प्रहरीले भनेको छ– ६२ बर्षीया मार्लाेलाई हिरासदमा लिइने छैन र उनी जहाँ उपस्थित हुन चाहन्छिन् सोही स्थानमा पुगेर हामीले अनुसन्धान गर्नेछौँ । 

प्रहरीले उनीसँगको सम्बन्धका बारेमा बुझ्ने छ । साथै प्याडकको विगतको बानी ब्यहोरोको बारेमा पनि उनीसँग बुझ्ने बताइएको छ । 

प्याडकले नरसंहार गर्नुअघि आफ्नी केटीसाथीलाई एक लाख अमेरिकी डलर पठाएको तथ्य प्रहरीले भेटेको छ । सोही कारण पनि उनीसँग सो कुरा बुझ्न खोजेको हो । 

अमेरिकी इतिहासमा नै यो सबैभन्दा खराब तथा डरलाग्दो नरसंहार भएको प्रहरीको भनाई छ । यसले लस भेगसमात्र नभई अमेरिका नै स्तब्ध भएको बताइएको छ । 

उक्त गोलीकाण्डमा घाइते भएका ५२७ जनाको अवस्था हेर्दा आक्रमण कस्तो खालको थियो र त्यति धेरै नरसंहार कसरी भयो भन्ने बारेमा पनि प्रहरीले अनुसन्धान जारी राखेको छ । 

घाइतेको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार सो आक्रमण एकै व्यक्तिले गर्न असम्भव रहेको, आधुुनिक हतियारले सो हमला गरिएको र घाइतेहरुमा शरीरभरि गोलीका दाग र घाउहरु रहेका छन् । 

उता सो घटनामा आइएसले जिम्मेवारी लिएको भए पनि त्यसमा कुनै सत्यता नरहेको प्रहरी भनाई छ । प्रहरीले उक्त आक्रमणकारीको विगतमा आतंककारीसँग कुनै संलग्नता रहेको सूचना भेटेको छैन । 

आइएसले भने संगठनको आग्रहमा नै उक्त हमला भएको जनाएको छ । यसको जिम्मेवारी पनि आइएसले लिने पनि विभिन्न सञ्चारमाध्यमहरुमा उनीहरुले पठाएका छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै