• २०८१ बैशाख ७ शुक्रबार

तालमेलको राजनीति : काँग्रेस एमालेको दोहोरो रोजाईमा माओवादी

kharibot

काठमाडौँ । मुख्य सत्तारुढ नेपाली काँग्रेस आफैमा गुटहरुको महासंघ जस्तो दल हो । मंसिरको चुनावमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री प्रश्तावित गरेर जानुपर्छ भन्ने लबिंग अहिले काँग्रेसमा तीव्र छ । उसै पनि संस्थापनका शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री शसांक कोईराला, नेता कृष्ण सिटौला, खमबहादुर खड्काको मुख्य गुटको एकत्वमा दलको रुपमा हाबी छ । 

मुख्य विपक्षी एमालेमा आवरणमा अध्यक्ष केपी ओलीको एकल नेतृत्व स्थापित भएको देखिए पनि नेता माधव नेपाल, वामदेव गौतम, घनश्याम भुसालहरुका आआफ्नै गुटहरुको अस्तित्व छ । झलनाथ खनाल र मधेशी नेताहरुको पनि आफ्नै ससाना समूहहरु छन ।

सत्ता घटक माओवादी केन्द्रको पार्टी केन्द्रमा अध्यक्ष प्रचण्ढ जति नै शक्तिशाली देखिए पनि उनलाई पनि गुटहरुको संतुलन मिलाउनु नै मुख्य चुनौति छ । आफ्नै खेमाका नेता कृष्णबहादुर महरा, वर्षमान पुन, जर्नादन शर्मा, रामबहादुर थापा, नारापणकाजी श्रेष्ठ आदिका फरक फरक गुटको व्यवस्थापन नै प्रचण्ड चुनौति हो । 

यसरी प्रमुख दल नै आन्तरिक गुटको दलदलमा फसिरहेका बेला मंसिरको चुनावमा उनीहरुले अन्तरदलीय तालमेल गर्ने कुरा हास्याँष्पद लाग्छ । तै पनि सत्तामा जसरी पनि पुग्नै पर्ने र अरु भन्दा ठूलो हुनै पर्ने लालसाले दलहरुलाई मंसिरको चुनावमा तालमेलका लागि वाध्य पारेको छ । 

ठूला दलहरुले आपसी तालमेल र सहकार्यका आआफ्नै विकल्पमाथि घनिभुत अभ्यास थाल्दै गर्दा त्यसबारे निर्णय भइ नसके पनि कुन दल को संग चनावी तालमेलका लागि उद्धत छन भन्ने छनक भने दिएका छन ।  

काँग्रेस एमालेको दोहोरो रोजाईमा माओवादी:

काँग्रेस र एमाले मुख्य ठूला दल भएकाले उनीहरुको मुख्य रोईजमा माओवादी केन्द्र छ, चुनावी तालमेलका लागि । स्थानीय स्तरमा भिन्नाभिन्नै पार्टीका नेताहरुको आकांक्षा व्यवस्थापन गर्दै तालमेल वा सहकार्य लागू गर्न कठिन हुने भए पनि दलहरुलाई ठाउँ हेरी तालमेल गर्ने सुविधा भने छ । 

खासगरी प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय र प्रादेशिक चुनाव नजिकिंदै गर्दा सत्तारुढ दल माओवादी केन्द्रसहितका वामपन्थी दलसँग ती चुनावमा सहकार्य गर्ने संस्थागत र औपचारिक निर्णय गरेपछि चुनावी तालमेलको रस्साकस्सी रोचक मोडमा पुगेको छ ।

नेपाली कांग्रेससँग सत्ता सहकार्यमा रहेको माओवादी केन्द्रले एमालेको प्रश्तावमा जाने की काँग्रेससंगैको सहकार्यमा अडिने भन्ने पनि अहं प्रश्नले घेरिएको छ । मुलतः दोहोरो लभ अफ्येरमा परेकी सुन्दरीको हालतमा माओवादी पुगेको छ । माओवादी केन्द्र स्वयंले चाहि चुनावी तालमेल वा  सहकार्यका लागि अवसरवादी रुप धारण गर्ने संकेतहरु देखिएका छन । 
एमाले स्थायी कमिटीको बैठकका निर्णयबारे एमालेका प्रचारविभाग प्रमुख एवम् सचिव योगेश भट्टराईले भने, “माओवादीसँग पनि हाम्रो कुरा भइनैरहेको छ । र, अन्य प्रगतिशील दलहरुसँग पनि कुराकानी जारी छ । मलाई विश्वास छ नेकपा एमालेको यो निर्णयपछि दलहरुमा सकारात्मक प्रभाव परेको छ । र त्यसले छिट्टै नै निर्णायक परिणाम दिनेछ ।”

अब नेपाली काँग्रेस पनि कसरी प्रस्तुत हुनसक्छ, त्यो पनि छलफलको विषय हुनेछ । तर एमाले लगायतको वामपन्थी शक्तिहरु मिलेर जाने सवाललाई माओवादीले अस्वीकार नै नगरेका कारण यो एमाले प्रशताव पनि कार्यान्वयन नहोला भन्न सकिन्न । एमालेको पछिल्लो निर्णयलाई माओवादी केन्द्र भित्रकै नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले भने सकारात्मक रुपमा लिएका छन् । त्यस्तै मध्येका एक नेता नारायणकाजी श्रेष्ठ भन्छन, “अब नेपाली काँग्रेस पनि कसरी प्रस्तुत हुनसक्छ, त्यो पनि छलफलको विषय हुनेछ। तर एमाले लगायतको वामपन्थी शक्तिहरु मिलेर जाने सवाललाई हामी सकारात्मक ढंगले नै लिन्छौं ।” 

एमालेको प्रस्ताव, काँग्रेसलाई चस्का :

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरुले भने एमालेको पछिल्लो निर्णयलाई कांग्रेस माओवादीको सहयात्रा टुटाउने प्रयासका रुपमा चित्रण गर्दै आगामी चुनावमा पनि त्यो सहकार्य जारी रहने टिप्पणी गरेका छन् । मंसिर १० र २१ मा हुने चुनावका लागि समय छोटिदैं जाँदा आइतबार बसेको एमालेको स्थायी कमिटीको बैठकले वामपन्थी दलहरुसँग सहकार्यको ढोका खोलेको हो । काँग्रेसको आशंका जस्तै वर्तमान सत्ता गठबन्धनबाट माओवादीलाई बाहिर ल्याउने र आफ्नो कित्ताबाट चुनावमा लाने रणनीति एमालको हो की भन्ने उसको पछिल्लो माओवादी प्रेमले देखाउछ । 

राष्ट्रिय दल बन्नका लागि प्राप्त गर्नुपर्ने न्यूनतम मत सीमा थ्रेसहोल्डको व्यवस्थाका कारण साना पार्टीहरु गठजोडको खोजीमा रहेको बताइएका बेला एमालेको पछिल्लो कदम तिनैलाई र ती मध्ये पनि वामपन्थी दललाई लक्षित जस्तो देखिन्छ । उसले वामपन्थीको नाममा माओवादीलाई आफ्नो कित्तामा फर्काएर चुनावी दौड जित्न चाहेको स्पष्टै छ । 
तर काँग्रेस र माओवादी केन्द्रको सत्ता गठवन्धनमा देखिएको सामिप्यता तथा हालको स्थानीय निर्वाचनको तालमेलले गर्दा आफूहरुबीच तत्कालै दरार आउन नसक्ने कतिपय काँग्रेस नेताहरुको ठम्याई छ ।

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा निकट ठानिने काँग्रेस नेता प्रकाश शरण महतले भने, “एमालेले यति प्रतिशत दिन्छु, उति प्रतिशत दिन्छु भनेर आकर्षक प्रस्ताव दिइराखेको भन्ने म सुन्छु । तर मलाई लाग्छ काँग्रेस माओवादीबीच विश्वसनीयता बढेको छ र त्यसले परिणाम पनि दिइरहेको छ। त्यसलाई निरन्तरता दिनु नै राम्रो हुनेछ र काँग्रेसले गठवन्धनको दोस्रो विकल्पबारे सोचेको छैन ।“

तर कांग्रेससँग सत्ता गठवन्धनमा रहेको माओवादी केन्द्रलाई पनि त्यसबाट अलग गराएर ऊसँग चुनावी तालमेल वा सहयात्रा गर्ने रणनीति एमालेले बनाएकै भरमा काँग्रेस माओवादी गठबन्धन धरापमा परिहाल्ने धरातलीय राजनीतिक यथार्थ भने छैन । 

के नेपालपक्ष हावी भएको हो त एमालेमा ?

केपी ओली प्रधानमन्त्री हुँदा माओवादी केन्द्रसँग सत्ता सहकार्य टुट्नुलाई एमालेभित्रकै माधव नेपाल र वामदेव गौतम खेमाले ऐतिहासिक गल्तीका रुपमा चित्रण गरिरहेको छ । २ नम्वर प्रदेशको असोज २ को स्थानीय चुनावमा एमाले पाचौं हुनुको मुल कारण यही भएको निष्कर्ष माधव नेपाल पक्षको छ । प्रदेश नम्बर २ को चुनावी परिणाममा कमजोर देखिएपछि नै एमालेले मंसिरको चुनावका लागि तालमेल । सहकार्यको रणनीति लिएको स्पष्ट छ । 

उसो भए माओवादीलाई काँग्रेसको कित्तामा जाने गरी सत्ता सहकार्यबाट हुत्याउने पार्टी अध्यक्ष केप ीओली खेमा एमालेमा कमजोर भएको हो त भन्ने प्रश्न पनि स्वभाविक रुपमा उठेको छ । किन भने माधव नेपाल र वामदेव गौतमहरु एमाले माओवादीको तालमेलका पक्षपाती ुहुन भने केप ीओली पक्ष विरोधी । माओवादी एमाले निकट सहकार्यमा रहन ओलीको अघिल्लो वर्षको विफल सत्ता सहकायै नै वाधक रहेको छ । त्यसको कारण ओलीको माओवादीप्रतिको अनुदार छबी र दृष्टिकोण नै हो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै